Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली नगरपालिकाको कोरोना रोकथाम खर्च अढाई करोड

महाकाली नगरपालिकाको कोरोना रोकथाम खर्च अढाई करोड


कञ्चनपुर, साउन २९
कञ्चनपुरको माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमण रोकथामका लागि अढाई करोड खर्च गरिएको छ । माहाकालीमा दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको छ । माहाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च गरिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा ४३ लाख २७ हजार खर्च गरिएको छ । सार्वजनिक गरिएकोखर्चअनुसार क्वारेन्टाइन निर्माणमा ३४ लाख १० हजार, क्वारेन्टाइन सामग्रीमा १३ लाख २१ हजार, क्वारेन्टाइन खाना सात लाख, आइसोलेसन निर्माण तयारी सात लाख ८७ हजार रूपैयाँ खर्च गरिएको छ ।

यसैगरी आइसोलेसन व्यवस्थापनमा १४ लाख, आइसोलेसन खानामा २३ लाख, औषधिमा सात लाख ४१ हजार, औषधिजन्य सामग्रीमा ३० लाख ५६ हजार, स्वास्थ्य उपकरण चार लाख ५९ हजार, जोखिम भत्ता १३ लाख ८५ हजार, यातायात खर्च पाँच लाख २५ हजार र ३० लाख रूपैयाँ अन्य खर्च गरिएको छ । माहाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना संक्रमण फैलिएपछि नगरपालिकामा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । ‘भारतसित सीमा जोडिएकाले यो नगरपालिका उच्च जोखिममा थियो’ उनले भने,‘अहिले पनि खुल्ला सीमाका कारण जोखिम उत्तिकै छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x