Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमण रोक्न दोलखामा लकडाउन

संक्रमण रोक्न दोलखामा लकडाउन


सुबास बस्नेत
दोलखा, साउन ३२
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दोलखामा शनिबारदेखि लकडाउन गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा केही दिनअघि दुई जनामा कोरोना संक्रमण भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ५ जनामा कोरोना संक्रमण भेटिएपछि जिल्लामा लकडाउन गरिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शनिबार बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणको त्रास बढेसँगै यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ ।

लकडाउनको अवधिमा अनावश्यक घरबाट बाहिर निस्कन तथा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयबाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय भएको छ । यस्तै जिल्लाभर बजार पूर्णरूपमा बन्द गर्ने तर अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्यान्न, दुध तथा तरकारी बिक्री गर्ने पसलहरू भने बिहान १० बजेसम्म खोल्न पाइनेछ ।

दोलखामा हालसम्म तीनवटा स्थानीय तहहरू भीमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका र गौरीशंकर गाउँपालिकाभित्रका ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सबैभन्दा बढी गौरीशंकर गाउँपालिकामा ९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

दोलखामा हालसम्म पाँच सय ३२ जनाको पीसीआर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । उनका अनुसार दोलखामा कोरोना जितेर घर फर्किनेको संख्या ३ रहेको छ भने एकको मृत्यु भएको छ । जिल्लालाई लकडाउन गरिएको घोषणा गरेसँगै शनिबार दोलखा बजार क्षेत्र सुनसान देखिएका छन् । गाउँदेखि सदरमुकामसम्म चल्ने यातायातका सवारी गाउँ तथा सहरमै रोकिएका छन् । जिल्लाको सिंगटी बजार शुक्रबारदेखि नै बन्द गरिएको छ । त्यसै सनिबार जिल्लाको मैनापोखरी बजार पनि बिहानदेखि नै सुनसान बनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x