Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले माग्यो पुनर्कर्जाको प्रस्ताव

राष्ट्र बैंकले माग्यो पुनर्कर्जाको प्रस्ताव


काठमाडौं, भदौ २
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै एकमुुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन पेस गर्न आव्हान गरेको हो ।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ अनुसार एकमुुष्ठरुपमा प्रदान हुुने लघुु, घरेलुु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाको लागि सोमबारदेखि आगामी असोज १४ गतेसम्म आवेदन पेस गर्नुुपर्नेछ । राष्ट्र बैंकका अनुसार कोभिड १९ बाट अतिप्रभावित क्षेत्रको रुपमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदिलाई राखिएको छ । यसैगरी होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षण आदिलाई पनि अतिप्रभावित क्षेत्रको रुपमा राखिएको छ ।

साहसिक पर्यटनअन्तर्गत स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर बेलुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायतलाई पनि अति प्रभावित क्षेत्रको रुपमा राखिएको छ । यीबाहेक गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार, हवाइ तथा पर्यटकीय यातायात मनोरञ्जनअन्तर्गत मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हलअन्तर्गत रोजगारी गुमेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) मूलभूत रुपमा सडेर गलेर जाने वस्तुहरु तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्रीवितरण, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक आदिलाई पनि अति प्रभावित क्षेत्रको रुपमा राखिएको छ ।

मध्यम प्रभावित क्षेत्रअन्तर्गत भने राष्ट्र बैंकले खप्ने सामानहरु प्लास्टिक, फलाम/स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय, निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यात्रुवाहक स्थल यातायात, ब्युटिपार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर हेल्थ सेन्टर वा फिट्नेस सेन्टर, भण्डारण गर्न सकिने वस्तु आदिलाई राखेको छ ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जाको माग गर्ने सम्बन्धित उद्योगी, व्यवसायीहरुले आफूलाई पायक पर्ने बैंक तथा फाइनान्सको शाखामा गएर आवेदन दिनुुपर्नेछ । यसको लागि राष्ट्र बैंकले संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान तोकेको छ । आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्ने, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक, वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने प्रावधान तोकिएको छ ।

यसैगरी पुनर्कर्जाको लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्नेछ । आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँचवटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने, आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने, आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसलगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेश गर्ने अन्तिम दिन मानिनेछ । रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x