Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई थान पेस्तोल र गोलीसहित दुई जना पक्राउ

दुई थान पेस्तोल र गोलीसहित दुई जना पक्राउ


काठमाडौं,भदौ ५

प्रहरीले दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित दुई÷दुुई जना व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार हातहतियारको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले बुुधबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरीबाट नुवाकोट जिल्लाको शिखरबेसी ६ बस्ने वर्ष २७ को विकेश पण्डितलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पण्डितको साथबाट ‘मेड इन यूएसए’ लेखेको पेस्तोल दुुई थान, म्यागजिन दुुई थान सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पण्डितसँगको प्रारम्भिक सोधपुछको क्रममा उक्त हतियार ओसारपसार गराउन लगाउने व्यक्ति नुवाकोट जिल्लाको लिपु गाउँपालिका १ बस्ने वर्ष २८ को अमर तामाङलाई पनि महाशाखाका प्रहरी निरीक्षक भोला कुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी तामाङलाई लिपु, नुवाकोट निजको घरबाट पक्राउ गरी महाशाखामा ल्याएको हो ।

पक्राउ परेका दुुवै व्यक्तिउपर थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा निज तामाङ घले डाँका मुद्दामा छ वर्ष दुुई महिना कैद सजाय भुक्तान गरी २०७६ फागुन १२ गते थुुनामुक्त भएका व्यक्ति हुुन् ।

जेल बसाइको क्रममा उनले उक्त हतियारबारे जेलमा रहेको लागूऔषध मुद्दामा सजाय भोगिरहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाइराखेको हतियार आपराधिक मनसायले बोक्ने तथा ओसारपसार गर्ने कार्य गरेको बुझिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास तथा सूक्ष्म अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x