Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररेमिट्यान्स कारोबार सुचारु राख्न निर्देशन

रेमिट्यान्स कारोबार सुचारु राख्न निर्देशन


काठमाडौं, भदौ ७
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारलाई निषेधाज्ञाको समयमा पनि सुचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुुक्रबार सञ्चालनमा रहेका सबै रेमिट्यान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘हाल विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यकालगायत मुुलुकका सबैजसो स्थानमा निरन्तर बढिरहेकोले सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकालगायत मुलुकका अन्य स्थानहरुमा स्थानीय प्रशासनबाट निषेधाज्ञालगायत विशेष आदेश जारी भएका छन् ।

यो अवस्थामा राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनीहरुले विदेशमा कार्यरत नेपाली नागरिकहरुले नेपाल पठाएको रेमिट्यान्स उनीहरुको आफन्तलाई भुक्तानी गर्न नसक्दा रेमिट्यान्सबाट घरबार चलाउनुुपर्ने नागरिकहरुका लागि अप्ठ्यारो पर्नसक्ने देखिएकाले स्थानीय प्रशासनको निषेधाज्ञालगायतका आदेशको परिपालना हुुने गरी आदेश अवधिभर रेमिट्यान्ससम्बन्धी सेवा प्रवाह गर्न स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गरी सेवा सुचारु राख्न निर्देशन दिइएको परिपत्रमा जनाइएको छ ।

परिपत्रमा उल्लेख भएअनुसार सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाइसकेसम्म न्यूनतम कर्मचारीबाट रेमिट्यान्स भुक्तानीको व्यवस्था मिलाउनुुपर्नेछ । बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुुद्रा सटही गर्ने एवं सम्भव भएसम्म रेमिट्यान्स भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउनुुपर्नेछ । यसैगरी राष्ट्र बैंकले सम्बन्धित रेमिट्यान्स कम्पनीमातहतका निकायहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड अनुुपालना गरी भीडभाड नगर्न समेत निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x