Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार८ सय १८ जना नयाँ सङ्क्रमित थपिए

८ सय १८ जना नयाँ सङ्क्रमित थपिए


काठमाडौं, भदौ ८
आइतबार थप आठ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा १ सय ६६ सहित थप ८ सय १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८ सय १८ नयाँ सङ्क्रमित देखिएका हुन् । उनीहरूमध्ये २ सय २० महिला र ५ सय ९८ पुरुष छन् । हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार उपत्यकामा देखिएका थप १ सय ६६ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १ सय २६, लतिपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २ सय ८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । देशभरका क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन् ।

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्साको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । तर, आइतबार साँझ थप केही व्यक्तिको मृत्यु भएको छ । नेपालमा कोरोनाको कारण मृत्युदर शून्य दशमलव ४७ प्रतिशत रहेको छ ।

अहिले होम आइसोलेसनमा रहेका बिरामीको संख्या ४ सय ९७ रहेको छ । आइसोलेसनमा रहेका सङ्क्रमितको संख्या आठ हजार ७ सय २४ रहेको छ । आइतबार देशभर सक्रिय सङ्क्रमितो संख्या जम्मा १३ हजार १ सय ५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेसनमा तीन हजार ९ सय ४३ जना छन् । आईसीयूमा उपचारारत १ सय ३७ जना छन् । वाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।

जिल्लागत पाँच सय भन्दा बढी कोरोनाका सङ्क्रमित रहेका ६ जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ रहेका छन् । सङ्क्रमित शून्य रहेका जिल्ला मुस्ताङ, म्याग्दी र हुम्लालगायत पाँच जिल्ला छन् । काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमण समुदायमा गयो भने नियन्त्रण गर्न नसकिने भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गरी मास्क लगाउन, साबुन पानीले हात धुन र स्यनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x