Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३० प्रतिशत उद्योग सञ्चालन !

३० प्रतिशत उद्योग सञ्चालन !


प्रवीण राउत
काठमाडौं, भदौ ९
चालू आर्थिक वर्ष (२०७७/७८) को पहिलो महिनामा नेपालको व्यापारस्थितिमा सुधार देखिएको छ । साउन महिनामा आयातमा कमी र निर्यातमा वृद्धि हुँदा नेपालको कुल वैदेशिक व्यापारघाटा सुाधारन्मोख देखिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालू आवको साउन महिनाको तुलनामा गत आव (०७६/०७७) को सोही अवधिमा नेपालको भारतलगायत तेस्रो मुलुसँगको व्यापार घाटामा सुधार आएको देखिन्छ ।

चालू आवको साउन महिनामा कुल वैदेशिक व्यापारघाटा २२ प्रतिशत अर्थात् २१ अर्ब ७० करोड दुई लाख रुपैयाँमा सीमित रहेको छ । चालू आवको साउन महिनामा नेपालको भारतलगायत तेस्रो मुलुकसँगको व्यापारघाटा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ रहेकोमा गत आवको सोही समयमा भने ९७ अर्ब ८८ करोड ८२ लाख व्यापारघाटा रहेको थियो ।

त्यसैगरी आयातमा समेत कमी आएको छ । नेपालले पेट्रोलियम पदार्थका साथै हवाइ तथा सवारी साधनका महंगा पार्ट्स तथा कृषिजन्य सामग्रीलगायतका वस्तु आयात गर्ने गरेकोमा सोमा समेत कमी आएको विभागका अधिकारीहरूको भनाइ छ । तुलनात्मकरूपमा हेर्दा गत आवको साउन महिनामा भन्दा चालू आवको सोही अवधिमा १९ दशमलव ६० प्रतिशतले आयातमा कमी आएको हो । चालू आवको साउन महिनामा ८५ अर्ब ८० करोड ७९ लाखबराबरको सामग्री आयात गरेकोमा व्यवसायीहरूले गत आवको सोही अवधिमा एक खर्ब छ अर्ब ७२ करोडबराबरको सामग्री आयात गरेका छन् । यस्तै कोभिडका बीच पनि निर्यात भने गत आवको तुलनामा चालू आवको साउनमा आठ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ । व्यवसायीहरूले चालू आवमा साउनमा ९ अर्ब ६२ करोडबराबरको सामग्री निर्यात गरेकोमा गत आवको सोही समयमा आठ अर्ब ८३ करोड ७० लाखबराबरको सामग्री निर्यात गरेका थिए ।

त्यसैगरी चालू आवको साउनमा गत आवको तुलनामा कुल वैदेशिक व्यापारमा समेत १७ दशमलव ४२ प्रतिशतले कमी आएको छ । चालू आवमा नेपालको कुल वैदेशिक व्यापार विभिन्न मुलुकसँग ९५ अर्ब ४२ करोड ८० लाख रहेकोमा गत आवको सोही समयमा एक खर्ब १५ अर्ब ५६ करोड २४ लाख रहेको थियोे । सोही अवधिमा आयात/निर्यातको सूचकाङ्कलाई हेर्दा गत आवमा १२ प्रतिशत रहेकोमा चालू आवमा ९ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवको साउनमा आयात/निर्यात सूचकाङ्क २६ प्रतिशतले कमी हो । त्यसैगरी कुल व्यापारमा निर्यातको सूचकाङ्क हेर्दा चालू आवको साउनमा १० प्रतिशत रहेकोमा गत आवको सोही समयमा ७ प्रतिशत रहेको छ ।

जुन अघिल्लो आवको तुलनामा गत आवको सोही अवधिमा ३२ प्रतिशतले वृद्धि भएको पाइन्छ । गत आवको साउनमा आयातको सूचकाङ्क भने ९२ प्रतिशत रहेकोमा चालू आवको सोही समयमा ९० प्रतिशत रहेको छ । जुन चालू आवको तुलनामा गत आवमा तीन प्रतिशतले कमी हो । कोभिडका कारण विश्वभर हुने व्यापारमा कमी आएको अवस्थामा समग्र नेपालको व्यापारमा समेत कमी आएको छ भने विभिन्न सयममा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सरकारले गरेको बन्दाबन्दीको कारणसमेत व्यापार हुनसक्ने अवस्था भएको पाइँदैन ।

निर्यात व्यवसायी संघका सचिव दुर्गाबहादुर थापाले कोभिडका बीचमा पनि करिब ३० प्रतिशत उद्योग सञ्चाल गरिएको बताएका छन् । हामीले उद्योग सञ्चालन गरी वस्तु उत्पादन गरेका छौँ, उनले भने, ‘उत्पादन भएसँगै ढिलोरूपमा भए पनि निर्यात गर्न सफल भएका छौँ । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अहिलेको अवस्था छैन । त्यसैले गर्दा आफूसँग भएको जनशक्ति, प्राप्त कच्चा पदार्थलगायतका वस्तुबाट उत्पादन गरेका छौँ । उनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्यात समेत निरन्तर भइरहेको बताए । हवाइ यातायात बन्द छ स्थलमार्गबाट नै विशेषगरी भारतलगायत केही मुलुकमा सामग्री निर्यात भइरहेको व्यवसायीहरूको भनाइ रहेको छ । विभागका अनुसार उत्पादित सामग्री भारतका अलबा भुटान, चीन, हङकङ, जपान, अमेरिका, जर्मनी, न्युजल्याण्डलगायतका मुलुकमा निर्यात गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x