Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकैदिन देखिए सात सय ४३ कोरोना संक्रमित

एकैदिन देखिए सात सय ४३ कोरोना संक्रमित


काठमाडौं, भदौ ९
संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको दर उच्च गतिमा वृद्धि हुँदै गएको छ । यसले गर्दा काठमाडौं कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बन्ने सम्भावना बढेर गएको छ । सोमबार कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण हुनेको संख्या सात सय ४३ पुग्दा काठमाडौंमा दुई सय २४ जनामा देखिएको हो । काठमाडौंमा यही गतिले कोरोना संक्रमितको संख्याका बढ्ने हो भने अवस्था थप भयावह हुने देखिएको छ ।

दुई सय २४ मध्ये काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित हुन् । लकडाउन खुलेपछि काठमाडौंमा प्रायः सबै जिल्लाको साथै भारतबाट पनि कामदारको रुपमा मानिसहरु आएपछि कोरोना संक्रमणको जोखिम बढेको हो । जोखिम बढेपछि काठमाडौंमा निषेधाज्ञा जारी छ । गाडी नचले पनि पैदलबाटै मानिसको आवतजावत आन्तरिकरुपमा भैरहेको छ । तरकारी बजारहरुमा भीड बढेको कारण कोरोना जोखिम झनै बढ्दै गएको छ ।

स्थानीय तहले पनि निषेधाज्ञालाई पूर्ण पालना गर्ने प्रयास गरे पनि सफल भैरहेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २ सय ३४ परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट सात सय ४३ जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये महिला २ सय ४६ र पुरुष ४ सय ९७ जना संक्रमित भएका छन् ।

अहिलेसम्म नेपालमा ३२ हजार ६ सय ७८ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । यसैगरी सोमबार एक सय ७५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १८ हजार ८ सय छ जना सङ्क्रमण जितेर घर फर्किसकेका छन् । निको हुने दर ५८ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमितमध्ये १ सय ३८ जना सघन उपचार कक्ष (आईसीयू)मा र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

यसैगरी ५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला सात वटा रहेका छन् । उनका अनुसार ती जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा, र काठमाडौ रहेका छन् । यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त भएका छन् । यस्तै सक्रिय सङक्रमित १३ हजार ७१५ रहेका छन् भने आइसोलेसनमा नौ हजार १ सय ५४ जना र होमआइसोलेसनमा चार हजार ५ सय ६२ जना रहेका छन ।

नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट सोमबार एकैदिन आठ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा तीन महिला र पाँच जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठमाडौंका ४८ वर्षका एक महिला, रूपन्देहीका ६७ वर्षका एक महिला र रूपेन्देहीकै ३८, ५३, ५४ वर्षका तीन पुरुष र पर्साका ७० वर्षका एक महिला रहेका छन । हालसम्म कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x