Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीरगञ्जका मेयर सरावगी कोरोनामुक्त

वीरगञ्जका मेयर सरावगी कोरोनामुक्त


बीरगञ्ज, भदौ ९
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् । विगत २५ दिनदेखि कोभिड–१९ बाट संक्रमित भई होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोशालामा गरिएको परीक्षणमा नगरप्रमुख सरावगीको रिपोर्ट नेगेटिभ आएको उनका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए ।

नगरप्रमुख सरावगीले आइतबार बिहान पीसीआर परीक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए । नगरप्रमुख सरावगी श्रावन १५ गते कोरोना संक्रमित भएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक आईडीबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए । सरावगीमा कोरोना संक्रमण पुष्टि हुँदा उनी काठमाडौँमा थिए । केही दिन काठमाडौँस्थित आफ्नो घरभित्रै होम आइसोलेसनमा रहेर उपचार गराएका नगरप्रमुख सरावगी गत हप्ता वीरगञ्ज फर्केको द्विवेदीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x