Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्सहरुको नाफामा कोभिड–१९ को प्रभाव

फाइनान्सहरुको नाफामा कोभिड–१९ को प्रभाव


काठमाडौं, भदौ १०
फाइनान्स कम्पनीहरुको नाफामा कोरोना भाइरस (कोभिड १९) को प्रभाव देखिएको छ । सरकारले विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को महमारी नियन्त्रण तथा रोकथामको लागि भन्दै चैत ११ गतेदेखि एक सय २० दिनसम्म लगातार लकडाउनको घोषणा गरेको थियो । लकडाउनका कारण वित्तीय संस्थाहरुको कारोबारमा पनि संकुचन आउँदा नाफामा प्रभाव परेको हो ।

महामारीका कारण व्यापार व्यवसाय ठप्प हुँदा ऋणी ग्राहकको ऋण तिर्नसक्ने क्षमतामा कमी आउँदा फाइनान्सहरुको खुुद ब्याज आम्दानी घटेका कारण पनि नाफा घटेको हो । हाल क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २२ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । ती फाइनान्सहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणको तुुलनात्मक अध्ययन गर्दा मञ्जुुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुुडविल फाइनान्स, रिलायन्स फाइन्ससहित आधा दर्जनको खुद मुनाफा बढेको देखिए पनि बाँकीको नाफा भने अघिल्लो आवको तुुलनामा घटेको छ । नाफा घट्ने फाइनान्सहरुमध्ये ललितपुर फाइनान्सको नाफा भने ऋणात्मक देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये मञ्जुुश्री फाइनान्सको नाफा सबैभन्दा बढी देखिएको छ । सो फाइनान्सले गत आवको चौथो त्रैमासिकमा २८ करोड नौ लाख छ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ३१ लाख ३२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको मञ्जुुश्रीले आव २०७६/०७७ मा पाँच अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संंकलन गरी पाँच अर्ब ८१ करोड ८२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा फाइनान्समा तीन दशमलव ३६ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ । प्रोग्रेसिभ फाइनान्सले पनि गत आवको चौथो त्रैमासिकमा ११ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ४९ लाख ९६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँ रहेको फाइनान्सले गत आवको चौथो त्रैमासिकमा एक अर्ब ७४ करोड ४३ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १९ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यसैगरी श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीहरुले पनि गत आवको चौथो त्रैमासिकमा ११ करोड ३७ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ९९ लाख २६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको फाइनान्सले गत आवको चौथो त्रैमासिकमा चार अर्ब ८५ करोड ९२ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड ९४ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गुुडविल फाइनान्सको नाफा पनि अघिल्लो आवको तुलनामा घटेको छ । अघिल्लो आवको चौथो त्रैमासिकमा १५ करोड १६ लाख ८५ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको फाइनान्सले गत आवको चौथो त्रैमासिकमा भने १० करोड ८५ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सले सात अर्ब ४५ करोड ३२ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ४५ करोड १३ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । आईसीएफसी फाइनान्सले पनि गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १० करोड २६ लाख ९० हजार दुुई सय ३६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १४ करोड ३६ लाख एक हजार एक सय १३ रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी ९२ करोड ६५ लाख दुुई हजार रुपैयाँ रहेको आईसीएफसीले गत आवको चौथो त्रैमासिक अवधिमा १२ अर्ब ६२ करोड ७२ लाख ६६ हजार सात सय नौ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब १५ करोड ५२ लाख ९८ हजार तीन सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड ८० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको वितरणयोग्य नाफा भने नौ करोड २५ लाख ५२ हजार छ सय ५४ रुपैयाँ रहेको फाइनान्समा शून्य दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको चौथो त्रैमासिकमा पोखरा फाइनान्स, बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्सले भने क्रमशः सात करोड ३० लाख १४ हजार, पाँच करोड ८० लाख तीन हजार, आठ करोड ६० लाख ९० हजार र आठ करोड ५६ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा यी फाइनान्सहरुको नाफा क्रमशः १० करोड ७२ लाख ८१ हजार, ३१ लाख ८१ हजार, छ करोड ४१ लाख १९ हजार र आठ करोड ६९ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, युनाइटेड फाइनान्स र मल्टीपर्पोस फाइनान्सले भने क्रमशः दुुई करोड १५ लाख २९ हजार, छ करोड ७६ लाख ११ हजार, आठ करोड ५७ लाख ९८ हजार, दुई करोड ५३ लाख १७ हजार, नौ करोड ५० लाख ८६ हजार र एक करोड ३९ लाख छ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवको सोही अवधिमा भने यी फाइनान्सहरुको नाफा क्रमशः ८३ लाख २३ हजार, एक करोड ११ लाख ९६ हजार, ११ करोड ६५ लाख ४४ हजार, २२ लाख ८५ हजार, नौ करोड ९९ लाख ८५ हजार र ८१ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यीबाहेक अन्य फाइनान्सहरुको नाफामा पनि संकुुचन आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x