Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा थप पाँच दिन निषेधाज्ञा

दोलखामा थप पाँच दिन निषेधाज्ञा


सुबास बस्नेत
दोलखा, भदौ ११
पछिल्लो समय कोरोना संक्रमण जोखिम बढिरहेको भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्र दोलखाले जिल्लामा भदौ १५ गते मध्येरातीसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभरि लागू हुनेगरी निषेधाज्ञाको समय थप पाँच दिन लम्ब्याएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या दैनिकरुपमा देखिन थालेपछि गत साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । भदौ ६ गतेसम्मको निषेधाज्ञालाई पछि चार दिन थप गरी भदौ १० बुधबार राति १२ बजेसम्म कायम गरिएको थियो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिनलागेपछि फेरि तेस्रो पटक समय थप्दै निषेधाज्ञा भदौ १५ गतेसम्म पु¥याइएको हो । दैनिकजसो कोरोना संक्रमित व्यक्ति फेला पर्न थालेपछि समुदायस्तरमा संक्रमण थप नफैलियोस् भन्ने उद्देश्यले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए ।

शर्माका अनुसार तेस्रो पटक थपिएको निषेधाज्ञा कडाइका साथ लागू हुनेछ । अत्यावश्यक कामबाहेक कोही घरबाहिर निस्कन नपाउने र बिरामी बोक्ने सवारीबाहेक जिल्लाभर कुनै पनि सवारीसाधन चलाउन नपाइने निर्णय गरेको उनले बताए । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट आइनसकेकाले निषेधाज्ञाको समयावधि थप गरिएको बताइएको छ ।

पछिल्लो पटक थपिएका कोरोना संक्रमितहरुको कन्ट्र्याक ट्रेसिङको क्रममा रहेकाहरुको पीसीआर रिपोर्ट आएपछि मात्रै जिल्लामा निषेधाज्ञा के हुने भन्ने टुंगो लाग्ने प्रजिअ शर्माले बताए । दोलखामा पाँच महिनाको अवधिमा एक हजार एक सय जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म चार स्थानीय तहका २४ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै बुधबारसम्म ६ जना कोरोना निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x