प्रहरीमाथि हातपात गर्नेलाई छुटाउन प्रशासनमा धर्ना
महेन्द्र शाही
सोलुखुम्ब, भदौ ११
प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गर्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्नासहित नाराजुलुस गरेको छ । गत आइतबार सोलुदुधकुण्ड नगरपालिका ११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलिमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेका तरुणदलका नेता कार्यकर्तासहित ६ जनालाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि कांग्रेसले धर्ना दिएको हो । पक्राउ परेकालाई बिनासर्त छोड्न कांग्रेसले माग गरेको छ ।
धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पालगायतका व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुले आफ्ना कार्यकतालाई झुटा आरोप लगाएर फसाइएको, हिरासतमा यातना दिइएको लगायतका आरोप समेत लगाएका छन् । फरक पार्टीको सरकार भएकाले कांग्रेसलाई नियोजित ढंगबाट फसाउन खोजिएको भन्दै प्रहरी, प्रसाशन समेत एक पक्षीयरुपमा अघि बढेको कांग्रेसको आरोप छ ।
यता प्रहरीले भने रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेका प्रहरी टोलीमाथि उनीहरुले एक्कासी हातपात गरेपछि पक्राउ गरिएको बताएको छ । ती युवाहरुले प्रहरी सहायक निरीक्षक सरयुग महतोसहितको प्रहरी टोलीलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । युवाले प्रहरीलाई लडाएर लात्ती, मुक्का र क्यान बियर प्रहार गरेर घाइते बनाएको प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए ।
पक्राउ परेका व्यक्तिहरुको विषयमा सत्यतथ्य अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन् । तर यता नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बस्नेतले भने २४ घण्टाभित्र निर्दोष आफ्ना कार्यकता रिहा नभए थप सशक्त आन्दोलन अघि बढाउने चेतवानी दिए ।
यता सर्वसाधरण नागरिकले भने यस्ता घटनालाई राजनीतीकरण गर्नुभन्दा सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । जुनसुकै घटनालाई राजनीतीकरण गरिँदा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्ने स्थानीय पेशल खड्काको भनाइ छ । राजनीतिका कारणले दोषीहरुले उन्मुक्ति पाए अराजकताले प्रश्रय पाउने स्थानीयनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया