काठमाडौं,भदौ १२
सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशकको जिम्मेवारी बलराम रिज्याललाई तोकेको छ । हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकै सहसचिव पदमा रही जिम्मेवारी सम्हाल्दै आएका रिज्याललाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सेजका कार्यकारी निर्देशकको नियुक्ति नहुन्जेलसम्मका लागि रिज्याललाई सेजको जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘उद्योग तथा आपूर्ति मन्त्रालयका सहसचिव रिज्याललाई सेजको कार्यकारी निर्देशकको समेत काम गर्ने गरी तोकिएको छ । कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धा गर्नेमा सहसचिव रिज्यालसँगसँगै सेजका पूर्वकार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक योगेन्द्र गौचन, कुमार दाहाल, रघुराज काफ्ले, जनार्दन गुरागाईं र दोलखाका प्रदीपकुमार मैनाली रहेका छन् ।
पछिल्लो समयमा भने कार्यकारी निर्देशक छनौटमा परेका सदस्यहरुलाई भदौ ६ गतेको लागि लिखित परीक्षाको लागि बोलाएको भए पनि मन्त्रालयले कोभिडका कारण स्थगित गरेको थियो । कोभिडको जोखिम बढेसँगै स्थानीय प्रशासनबाट काठमाडौं उपत्यकामा गत बुधबारदेखि निषेधाज्ञा जारी भएकोले उक्त मितिमा हुने भनिएको परीक्षा भदौ ११ गते हुने भएको छ । योसँगै कार्यकारी निर्देशक नियुक्तिको विषयमा समस्या भएको थियो ।
गत कात्तिक ३० गते पहिलोपटक र पुनः मंसिर ४ गते कार्यकारी निर्देशकको पदपूर्तिको लागि मन्त्रालयले सूचना जारी गरेको थियो । पहिलोपटकको कार्यकारी निर्देशक पदका लागि पर्याप्त निवदेन नपरेसँगै मन्त्रालयले पुनः कार्यकारी निर्देशक नियुक्तिको लागि सूचना जारी गरेको थियो ।
सेजको विकासमा ढिलाइ भइरहँदा समेत सरकारले कार्यकारी निर्देशक नियुक्त गर्न नसकेको अवस्थामा सहसचिव रिज्यालालाई जिम्मेवारी प्रदान गरिएको हो । भैरहवा सेजमा लामो समयदेखि सबस्टेसन निर्माण नहुँदा उद्योगीहरु प्रवेश गर्नसकेका छैनन् भने सिमरा प्राधिकरणको ए ब्लकमा भाडादरको विवाद रहेको छ ।
यस्तै बैठकले विद्युतीय माध्यमद्वारा गरिने व्यापार (इ–बिजनेस) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको निर्णय गरेको छ । विद्युतीय माध्यमद्वारा गरिने व्यापारमा वृद्धि भएसँगै विधेयक निर्माणको लागि सरोकारावालाहरुले आवाज उठाउँदै आएकामा सरकारले सो विषय समेट्ने गरी उक्त निर्णय गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया