Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअझै कोरोना बढ्ने सरकारी दाबी साढे ३५ हजार संक्रमित

अझै कोरोना बढ्ने सरकारी दाबी साढे ३५ हजार संक्रमित


काठमाडौं,भदौ १२

नेपालमा अझै केही समय कोरोना संक्रमण बढ्ने सरकारी दाबी बाहिर आएको छ । भदौ लागेपछि दैनिक कोरोनाको संक्रमण बढ्ने क्रममा बिहीबार देशभर एक हजार एक सय ११ जनालाई कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र तीन सय ७७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये पनि काठमाडौं जिल्लाका मात्रै थप दुई सय ७० जनामा बिहीबार कोरोना पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ ।

संक्रमणदर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढिरहेको मन्त्रालयको दाबी छ ।

संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न मन्त्रालयले आग्रह गरेको छ । उपचार गर्ने अस्पतालको अभावमा सरकारले उक्त आग्रह गरेको हो । संक्रमण वृद्धि भएसँगै थप चुनौतीको सामान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रालयले कोरोना संक्रमण अझै बढ्ने भन्दै सबैलाई आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरेको छ ।

कोरोनाको कारण बिहीबार मात्र देशभर नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र चार जना पुरुष रहेका छन् । नेपालमा बिहीबारसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय ८९ जना पुगेको छ । नेपालका कोरोना संक्रमितको संख्या ३५ हजार पाँच सय २९ जना पुगेको छ ।

नेपालमा पछिल्लो समयमा घना बस्ती भएको सहरी र ग्रामीण भेगमा कोरोना संक्रमितको संख्या बढेको छ । त्यसैले घना बस्ती भएको क्षेत्र बढी जोखिमपूर्ण बन्दै गएको छ । सरकारले जोखिम घटाउन निषेधाज्ञा लगाए पनि त्यसको पूर्ण पालना हुनसकेको छैन । यसैबीच, सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका १२औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रूपमा तोकेका हुन् । यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x