महेन्द्र शाही
सोलुखुम्बु, भदौ १२
सोलुखुम्बु, ओखलढुंगा र खोटाङका कोरोना संक्रमितलाई उपचार गर्नका लागि अब विराटनगर जानुपर्ने बाध्यता अन्त्य भएको छ । यी तीनवटा जिल्लाका लागि ओखलढुंगाको रुम्जाटारमा कोरोना अस्पताल निर्माण गरिएसँगै तराई जानुपर्ने बाध्यताको अन्त्य भएको हो । गत साउन ३० गतेबाट रुम्जाटारमै कोरोना अस्पताल सञ्चालनमा आएसँगै तीन जिल्लाका कोरोना संक्रमितलाई पीसीआर पोजेटिभ देखिनेबित्तिकै विराटनगर लैजानुपर्ने बाध्यताको अन्त्य भएको छ । रुम्जाटारमा नै कोरोना अस्पताल बनेपछि स्थानीयलाई आर्थिक र भौतिक रूपले समेत सहज भएको बताइएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापन गरेर तीन जिल्लाका संक्रमित राख्न निर्देशन दिएसँगै ओखलढुंगाको रुम्जाटारमा तत्कालका लािग २० शैय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ । विगतमा पीसीआर पोजेटिभ देखिनेबित्तिकै उपचारका लागी विराटनगर वा धरान लैजानु पर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यताको अन्त्य भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेल बताए । उनका अनुसार रुम्जाटार नजिक हुनका साथै हावापानी समेत सुहाउँदो रहेकाले बिरामीलाई सहज हुने उनको विश्वास रहेको छ ।
रुम्जाटारमा अस्पताल खोलिएपछि सोलुखुम्बुमा कुनै पनि कोरोना संक्रमित नदेखिएकाले अहिले कसैलाई पनि त्यहाँ पठाइएको भने छैन । खकुरेलले भौतिक दूरी समेत नजिक भएकाले निको भइसकेपछि आउन पनि सहज हुने बताए । सोलुखुम्बु र खोटाङबाट विराटनगरको दूरी करिब ४ सय किलोमिटर छ भने ओखलढुंगाबाट ३ सय ५० किलो मिटर छ । संक्रमितलाई विराटनगर पठाउँदा मनोवैज्ञानिक हिसाबले समेत आत्माबल गिर्ने भएकाले रुम्जाटारमा उपचारको व्यवस्था हुनु सुखद भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीको भनाइ छ । अहिले जिल्लामा कोराना संक्रमित देखिएका सबैलाई यही उपचार गराउने गरेको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया