Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल बंगलादेश बैंकद्वारा ५ हजार थान जीवनरक्षक मानिएको औषधि रेम्डिसिभर हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्वारा ५ हजार थान जीवनरक्षक मानिएको औषधि रेम्डिसिभर हस्तान्तरण


काठमाडौं, भदौ १२
नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँबराबरका औषधि सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै बैंकको संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधि सहयोग गरिएको हो ।

हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवनरक्षक मानिएको औषधि रेम्डिसिभर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. वंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ । उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएको छ ।

उक्त औषधिको हालको बजारमूल्य करिब दुई करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । समाजप्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x