लगानी गर्ने ठाउँको अभाबमा बैंकमा पैसा थुप्रियो
काठमाडौं, भदौ १४
कोरोना भाइरस कोभिड–१९ को कारण लगानीका क्षेत्र खुम्चिँदा बैंकिङ क्षेत्रको निक्षेपमा १८ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो निक्षेप १८ प्रतिशतले बढेको थियो । २०७७ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१ दशमलव नौ प्रतिशत र ४८ दशमलव छ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष यस्तो अंश क्रमशः नौ दशमलव सात प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ४६ दशमलव तीन प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको छ । २०७६ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव तीन प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दशमलव चार प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरुको आठ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १६ दशमलव दुुई प्रतिशतले घटेको छ । समीक्षा वर्षमा छवटा विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव सात प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव चार प्रतिशत र १३ दशमलव पाँच प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६ दशमलव सात प्रतिशतले घटेको छ । यसैगरी औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव पाँच प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२ दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा सात दशमलव सात प्रतिशतले रसेवा उद्योग क्षेत्रतर्फको कर्जा २२ दशमलव एक प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७ दशमलव सात प्रतिशतले, ओभर ड्राफ्ट कर्जा सात दशमलव दुुई प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा आठ दशमलव सात प्रतिशतले घटेको छ । यसैगरी डिमान्ड तथा चालू पुँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत आठ दशमलव एक प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा तीन दशमलव आठ प्रतिशतले घटेको छ ।
आगामी सोमबार तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी : नेपाल राष्ट्र बैंकले आगाामी सोमबार तीन अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भदौ १७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०७७ मंसिर १६ गते तोकिएको छ । यसअघि यही भदौ ८ गते पनि राष्ट्र बैंकले चार अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको दुुई अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया