Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यारियरबाटै हुन्छ करोडौँको अवैध धन्दा

व्यारियरबाटै हुन्छ करोडौँको अवैध धन्दा


उमेश दुबे
पर्सा, भदौ १४
वीरगञ्ज महानगरपालिकाको कर उठाउनको निम्ति भएको टेन्डर प्रक्रियाको नियमावलीविपरीत व्यारियरबाटै महानगरपालिकाको नाममा करोडौँको अवैध धन्दा चालू भएको छ । वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने भारतीय गाडीहरूबाट ठेकेदारले एक ठाउँको सट्टा चार–चार ठाउँहरूमा अवैध तरिकाले रकम असुली गरिरहेको पाइएको छ ।

वीरगञ्ज महानगरपालिकाले चार करोड ९० लाख रूपैयाँको सलानामा टेन्डर प्रक्रिया गरे पनि एक ठाउँको सट्टा दर्जनौँ ठाउँहरूमा व्यापकरूपले अवैध धन्दा चालू भएको छ । महानगरपालिकाले गरेको टेन्डर प्रक्रियामा महानगरपालिकाको विभिन्न १८ वटा ठाउँहरूमा व्यारियरको माध्यमले कर उठाउन निर्देशन दिए पनि ठेकेदारहरूले प्रहरी प्रशासनकै संरक्षण पाएपश्चात् २२ वटा ठाउँहरूमा महानगरको नामले रकम उठाइरहेका छन् । ठेकेदार कम्पनीले यस्तो महामारीको समयमा छिमेकी राष्ट्र भारतबाट भित्रिने मालवाहक ट्रकहरूबाट प्रतिदिन लाखौँ रूपैयाँ अवैध तरिकाले उठाउन सफल भएका छन् ।

स्थानीय प्रहरी प्रशासनलाई मासिक लाखौँ रूपैयाँ ठेकेदारले दिएपश्चात् अवैध तरिकाले भारतीय गाडीहरूबाट रकम उठाउन सफल भएको व्यारियरकै कर्मचारीहरूले बताएका छन् । स्थानीय प्रहरी प्रशासनदेखि लिएर जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्सामा समेत नजराना बुझाउने गरेको कारण प्रहरीले हस्तक्षेप नगरेको बताए । पर्साको प्रहरी चौकी परवानिपुरबाट नजिकै लगाइएको व्यारियर पूर्णरूपले अवैध रहे पनि हालसम्म प्रहरीले हस्तक्षेप गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मासिक लाखौँ रूपैयाँ नजराना बुझाएपश्चात् आफूहरू रोक्न समेत नसकेको प्रहरी चौकी परवानिपुरका प्रहरी स्रोतले जनाएको छ । एक जना भारतीय ट्रकका चालकअनुसार नेपाल प्रवेश गर्दा नियम कानुन थाहै नभएको कारण चार–चार पटक रसिद कटाउनुपर्ने बाध्यता भएको बताए । उनका अनुसार आफूहरूले रकम नदिँदा डण्डा बताएर रकम लुट्ने काम गरिरहेको बताए । उनीहरूलाई रकम उठाउनको निम्ति स्थानीय प्रहरीले समेत उनीहरूकै सहयोग गर्ने गरेको बताए ।

वीरगञ्ज महानगरपालिकाले गरेको टेन्डरले गर्दा व्यारियरकै माध्यमले बिचौलीयाहरूले समेत कमाइखाने भाँडो बनाएका छन् । नेपाल देशमा भारतीय गाडीहरू प्रवेश गर्दा प्रतिदिन लाखौँ रूपैयाँ अवैध तरिकाले आयआर्जन गरेको घटना दुःखदायी रहे पनि प्रहरी प्रशासन केही रकमको लोभमा परी आफ्नो देशको मानसम्मानलाई नै धराप पार्दै छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x