स्वदेशभित्र एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा कुनै शुल्क लिन नपाइने
काठमाडौं, भदौ १५
स्वदेशभित्र एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा कुुनै पनि शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी निर्देशिका २०७७ जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो व्यवस्थाअनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थाका कार्डवाहक ग्राहकले अर्को कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम काउन्टरबाट रकम निकाल्दा कुनै पनि शुल्क तिर्नुु नपर्ने भएको छ ।
निर्देशिकाअनुसार प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्यरूपमा सम्बन्धित ग्राहकलाई तत्काल बैंक तथा फाइनान्स कम्पनीहरुले सतर्कता सन्देश दिनुुपर्नेछ । साथै, ग्राहकले इमेलमार्फत सतर्कता सन्देश माग गरेमा सो समेत उपलब्ध गराउनुपर्नेछ । यो निर्देशन जारी हुनुपूर्व विद्युतीय कार्ड सेवा उपभोग गरिरहेका ग्राहकले सम्पर्क टेलिफोन नम्बर/इमेल ठेगाना उपलब्ध नगराएको वा अद्यावधिक नगराएको भएमा २०७७ पुस मसान्तभित्र सम्बन्धित बैंकले अनिवार्य रूपमा अद्यावधिक गराउनुपर्नेछ, निर्देशिकामा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार एटीएम कार्डमार्फत हुुने सम्पूर्ण कारोबार चिप र पिनमा आधारित हुुनुपर्नेछ तर बैंक तथा फाइनान्स कम्पनीहरुले जारी गरेका एनएफसी (नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी) कन्ट्याक्टलेसमार्फत कारोबार गर्दा भने पिन आवश्यक नहुुन निर्देशिकामा उल्लेख छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम काउन्टर रहेको स्थानमा एटीएम कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी/सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीकोे नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्नेछ ।
कार्ड हराएमा, चोरी भएमा वा कारोबारको क्रममा अन्य समस्या देखिएमा ग्राहकलाई तत्काल सहयोग गर्न चौबीसै घण्टा सञ्चालन हुने गरी सम्बन्धित संस्थाले हेल्प डेस्कको स्थापना गर्नुपर्ने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ । कार्ड हराएमा वा चोरी भएमा सोको सूचना प्राप्त हुनासाथ तत्कालै उक्त कार्डबाट कारोबार हुन नसक्ने गरी कार्ड ब्लक गर्ने व्यवस्था गर्नुपर्नेछ । विद्युतीय भुक्तानी कार्ड जारी गर्दा यस्ता कार्डहरूमा अन्तर्राष्ट्रिय रूपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरू अनिवार्य रूपमा राख्नु निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले प्रत्येक एटीएम काउन्टर रहेको स्थानमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेराको व्यवस्था गरीे निरन्तर अनुगमनको व्यवस्था गर्नुपर्नेछ । यसअन्तर्गत सीसीटीभीको मेमोरी ब्याक अप कम्तीमा ९० दिनसम्म रहने व्यवस्था गर्नुपर्नेछ । सीसीटीभी जडान गर्दा कारोबार गर्ने व्यक्तिको मुखाकृति प्रष्टरूपमा देखिने तर ग्राहकले राखेको पिन रेकर्ड र अनुमान गर्न नसकिने गरी जडान गर्नुपर्नेछ । साथै एटीएम बुुथहरुमा कुनै व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी/निकायमा तत्काल सूचित गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
‘सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर, ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिनेछैन’, निर्देशिकमा भनिएको छ । निर्देशिकाअनुसार प्रिपेड कार्डबाट प्रतिकारोबार २५ हजार, डेबिट कारोबारबाट प्रतिकारोबार २५ हजारका दरमा प्रतिदिन एक लाख र प्रतिमहिना चार लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ ।
किसोक टर्मिनल्समार्फत भने प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार रुपैयाँसम्म कारोबार गर्न पाइनेछ । यसैगरी मोबाइल बैंकिङ (क्युआर कोड समेत)बाट प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । यसैगरी इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट समेत)बाट प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर)बाट समेत प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने निर्देशिकामा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया