Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी आवास पुनर्निर्माणमा १८ अर्ब ४४ करोड ९३ लाख खर्च

निजी आवास पुनर्निर्माणमा १८ अर्ब ४४ करोड ९३ लाख खर्च


सुबास बस्नेत
दोलखा, भदौ १६
जिल्लामा भूकम्प गएको ५ वर्षको अवधिमा निजी आवास पुनर्निर्माणमा १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । गत आवमा थप एक अर्ब ३९ करोड ७२ लाख खर्च भई हालसम्म जिल्लामा निजी आवास पुनर्निर्माणको निम्ति १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार खर्च भएको पुनर्निर्माण प्राधिकरणको कार्यालय दोलखाले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय दोलखाले पाँच वर्षको अवधिमा ८८ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न गर्न उक्त रकम खर्च भएको हो । हालसम्म अनुदान सम्झौता गरेर ६८ हजार नौ सय १५ लाभग्राहीले पहिलो किस्ता लगेको कार्यालयले जनाएको छ । दोस्रो किस्ता लिनेमा ६३ हजार सात सय ६ लाभग्राही रहेका छन् । त्यसैगरी तेस्रो किस्ता भुक्क्तानी लिनेमा ६० हजार सात सय २६ रहेको कार्यलयका निमित्त प्रमुख अश्विन पोखरेलले बताए ।

पहिलो किस्ताबापत ५० हजार रूपैयाँ, दोस्रो किस्ताबापत एक लाख ५० हजार र तेस्रो किस्ताबापत एक लाख भुक्तानी दिएर हालसम्म १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार रूपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । जिल्लामा हालसम्म ६० हजार सात सय २६ वटा घर पुनर्निर्माण भएका छन् । उनीहरू सबैलाई भुक्तानी दिइएको कार्यालयका निमित्त प्रमुख पोखरेलले बताए । भूकम्प गएको पाँच वर्षपछि जिल्लामा ८८ प्रतिशत लाभग्राहीले घर पुनर्निर्माण सम्पन्न गरेका हुन् ।

निजी आवास पुनर्निर्माणका लागि जिल्लामा कुल लाभग्राहीको संख्या ७३ हजार चार सय ६८ रहेको छ । जसमध्ये अनुदानका लागि सम्झौता गर्नेहरूको संख्या ६९ हजार रहेको छ । त्यसैगरी चार हजार चार सय ६५ लाभग्राहीले अनुदान सम्झौता गरेका छैनन् । यसैक्रममा पुनर्निर्माण सम्पन्न गर्ने ३० हजार लाभग्राहीले सम्पन्न प्रमाण पत्रसमेत पाइसकेको कार्यालयले जनाएको छ ।

हाल कार्यालयले गैरलाभग्राही सूचीमा नाम प्रकाशन भई आएकाहरूको पुनरावेदनका लागि फारम संकलन गरिरहेको छ । २ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा सात हजार एक सय ५५ जना गैरलाभग्राही सूचीमा परेका छन् । जसमध्ये हालसम्म दुई हजार पाँच सय जनाले पुनरावेदन समितिमा पुनरावेदन पाऊँ भनी पुनरावेदन दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x