नेपालमा २४ प्रतिशतले कोरोना संक्रमण वृद्धि
काठमाडौं, भदौ १७
नेपालमा औसत २२ देखि २४ प्रतिशतले कोरोना सङ्क्रमण बढिरहेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकारसम्मेलनमा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । डा. तिवारीका अनुसार महिलामा आठ प्रतिशत, वृद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ भने परीक्षण गरिएकामध्ये आठदेखि नौ प्रतिशतमा सङ्क्रमित बढिरहेको छ ।
कोरोना संक्रमण तीव्र भएको कारण पाँच सयभन्दा बढी कोभिड १९ सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न पनि उनले सुझाव दिएका छन् । ती १२ जिल्लालाई नियन्त्रण गर्नसके अन्य जिल्लामा कोरोना फैलिन नसक्ने दाबी गरिएको छ । १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले हटस्पट बनेको भन्दै नियन्त्रण गर्न ती जिल्लामा विशेष कदम चाल्नुपर्ने बताएका हुन् ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा पाँच सयभन्दा बढी सङक्रमित छन । ‘ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्ंक्रमण समुदायस्तरमा पुगेको हामीले आँकलन गरेका छौँ’, पत्रकार सम्मेलनमा उनले भने ।
यस्तै, कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । कोरोनाको कारण मंगलबार एकै दिन ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा महोत्तरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको हो ।
बाहिलासहित महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने शून्य दशमलव ५९ प्रतिशत हो । सङ्क्रमणको दर बढ्दै गइरहेका र आईसीयू तथा भेन्टिलेटरमा बस्नेको संख्या बढेको कारण सचेत रहन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
सङ्क्रमित देखिएकामध्ये एक सय २७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत छन् । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा तीन जना छन् । संस्थागत आइसोलेसनमा १० हजार आठ सय ३२ जना र होम आइसोलेसनमा सात हजार दुई सय ८० जना छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार एक सय १२ जना र क्वारेन्टाइनमा सात हजार तीन सय ९० जना छन् ।
यस्तै, कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय ४४ महिला र सात सय २५ जना पुरुषमा सङ्क्रमण देखिएको हो । चौबीस घण्टामा पीसीआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार पाँच सय २९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
विगत २४ घण्टामा सात सय ६८ निको भएर घर फर्किएका छन् । अहिलेसम्म २२ हजार एक सय ७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । अहिलेसम्म १२ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्देहीमा पाँच सयभन्दा बढी संक्रमित छन् । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमण उपत्यकामा चार सय ८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा तीन सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा सङ्क्रमण देखिएका छन् ।
प्रदेश नंं १ को उदयपुर एक, ओखलढुङ्गा दुई, खोटाङमा दुई, झापा १४, पाँचथरमा एक, मोरङ १२ र सुनसरीमा ५६ रहेका छन् । यस्तै प्रदेश नंं २ का धनुषा एक, पर्सा दुई, बारा ११, महोत्तरीमा दुई, रौतहट पाँच, सप्तरी एक र सर्लाही १९ जना रहेका छन् । यस्तै वाग्मती प्रदेशको काभ्रेमा आठ जना, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोट दुई, मकवानपुर छ, रसुवा एक, रामछाप दुई, सिन्धुपाल्चोकमा एक र सिन्धुली छ रहेका छन् । गण्डकी प्रदेशमा कास्की चार, गोरखा आठ, तनहुँ पाँच, नवलपरासीपूर्व १५, पर्वत एक र लमजुङमा ३२ रहेका छन् ।
यस्तै प्रदेश नं ५ मा अर्धाखाँची नौ, कपिलवस्तु सात, गुल्मी १३, दाङ १३, नवलपरासी (पश्चिम) चार, पाल्पा एक, प्यूठान एक, बर्दियामा सात, बाँकेमा ३३, रुकुमपूर्व एक र रुपन्हेदीमा ९१ रहेका छन् । कर्णाली प्रदेशमा जुम्ला दुई, दैलेख दुई, सल्यान एक र सुर्खेतमा एक जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अछाम १३, कञ्चनपुर चार, कैलाली २० डडेल्धुरामा दुई जना, डोटीमा २४, बझाङ ४० र बैतडी १२ जना रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया