काठमाडौं, भदौ १८
कोभिड–१९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आईसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आईसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो । यसका साथै बैठकले अस्पतालहरुमा भीडभाड कम गर्न ओपीडी, बिरामी, बिरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धित प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा कोभिड–१९ को विषयलाई लिएर तलबभत्ता माग गर्दै उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए । वीरगन्जको एक निजी अस्पतालमा तलबभत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागी भएका थिएनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया