फाप्लुबाट २ सय टन बढी कार्गो खुम्बु ढुवानी
महेन्द्र शाही
पछिल्लो १५ दिनमा सोलुखुम्बुको सदरमुकामा रहेको फाप्लु विमानस्थलबाट २ लाख किलोभन्दा बाढी कार्गो सामग्री लुक्ला ढुवानी गरिएको छ । भदौ १ गतेदेखि १५ गते सम्म फाप्लुबाट दुई लाख २५ हजार किलो कार्गो सामान लुक्ला ढुवानी गरिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश शर्माका अनुसार उक्त सामग्रीहरू तारा र समिट एयरको जहाजमार्फत ढुवानी गरिएको हो । ढुवानी गरिएका सामग्रीहरूमा अधिकाशं काठ रहेका छन् भने केही मात्रामा निर्माण सामग्रीका साथै खाद्यन्न समेत रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
२ वटा कम्पनीका विमानले फाप्लुबाट दैनिक १० वटाका दरले कार्गो उडान भर्दै आएको छ । कोरोना भाइसर (कोडिभ–१९) को संक्रमणको समयमा समेत जिल्लाभित्र कार्गो ढुवानी अनुमति पाएको विमानले साउन महिनामा एक लाख ३३ हजार सात सय २६ किलो सामग्री ढुवानी गरेको विमानस्थल कार्यालयको तथ्यांकमा देखाइएको छ । साउनमा तारा एयरले करिब ५० हजार किलो र समिट एयरले ८५ हजार किलो सामग्री लुक्ला ढुवानी गरेको विमानस्थल प्रमुख शर्माले जानकारी दिए । अघिल्ला वर्षहरूमा श्री एयरलायन्सको हेलिकोप्टरबाट कार्गो ढुवानी हुनेगरेको भए पनि यो वर्ष कोरोनाका कारण जहाजले नै कार्गो ढुवानी गरेको शर्माको भनाइ छ ।
अघिल्ला वर्षहरूमा लुक्ला विमानस्थलको वैकल्पिक विमानका रूपमा रहने विमानस्थल यो वर्ष भने फुर्सदिलो भएको उनले बताए । अहिले केही उद्धार उडान हुनेबाहेक कार्गोमा नै सीमित हुन परेको छ । अघिल्लो वर्षहरूमा यो समयमा विदेशी पर्यटकहरू आउनेगरेको भए पनि यो वर्ष भने जिल्लाका दुईवटा विमानस्थल सुनसान देखिएका छन् । जिल्लामा चारवटा विमानस्थल भए पनि दुईवटा मात्र सञ्चालनमा रहेका छन् । अन्य दुई विमानस्थल अहिले बन्द रहेका छन् । अघिल्ला वर्षहरूमा दैनिक करिब एक सयको हाराहारीमा उडान हुने जिल्लाको माथिल्लो भेगको तेन्जिङ हिलारी विमानस्थल पनि अहिले सुनसान रहेको छ । अहिले दैनिक ४–५ वटा विमान कार्गो सामन लिएर आउने गरेको विमानस्थलका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । आफू भर्खर मात्र आएकाले अरु साथीहरूले भनेअनुसार विमानस्थलको चाप निकै हुनेगरेको जानकारी पाएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया