Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचौथो त्रैमासिकको आर्थिक वृद्धिदरमा संकुचन

चौथो त्रैमासिकको आर्थिक वृद्धिदरमा संकुचन


काठमाडौं, भदौ २२
केन्द्रीय तथ्यांक विभाग (सीबीएस)ले गत आर्थिक वर्षको चौथो त्रैमासिकको आर्थिक वृद्धिदरमा संकुचन आउने बताएको छ । विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिदर २.७२ प्रतिशत हुने अनुमान गरेको छ ।

त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (एसएक्यू जीडीपी) आधारभूत मूल्यमा आव ०६७/०७७ को दोस्रो त्रैमासिकको तुलनामा सोही आवको तेस्रो त्रैमासिकमा २.७२ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान गरेको हो । यसअघि भने विभागले गत आवको तेस्रो त्रैमासिकको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (एसयूक्यू जीडीपी) आधारभूत मूल्यमा आव २०७५/०७६ को तेस्रो त्रैमासिकको तुलनामा ०.८ प्रतिशत (दुई खर्ब आठ अर्ब रुपैयाँ)ले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो । यता चौथो त्रैमासिकको आर्थिक वृद्धिदरको विषयमा भने विभागले कुनै जानकारी बाहिर ल्याएको छैन ।

कोभिड १९ को महामारीको असरलाई न्यून गर्नको लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरुको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असरको अनुमान गरी विभागले उक्त तथ्यांक सार्वजनिक गरेको हो । आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आंकडा तथा सूचनाहरु एवम बाँकी अवधिमा विश्व तथा राष्ट्रिय तहमा देखिएको कोरोनाको महामारीको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरुको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असरको अनुमान गरी तथ्यांकहरु सार्वजनिक गरिएको हो ।

यसैगरी पहिलो र दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदरको तुलनामा तेस्रो त्रैमासिकमा कमी आउने बताइएको छ । कोभिडका कारण मुलुकमा बन्दाबन्दी तथा असहज अवस्थाका कारण आर्थिक वृद्धिद्धर सीमित हुनपुगेको हो । यसअघि पहिलो त्रैमासिकमा ५.४ प्रतिशत, दोस्रो त्रैमासिकमा ४.२ प्रतिशत रहेकोमा तेस्रो त्रैमासिकमा भने सबै सूचांकको अवस्था नकारात्मक नहुने भएको छ ।

तेस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर सकारात्मक हुनेमा कृषि तथा वनमा २.६ प्रतिशत, मत्सयमा ७.१ प्रतिशत, विद्युतिय ग्यास र पानीमा १९.९ प्रतिशत, वित्तीय मध्यस्थतामा ४.१ प्रतिशत, घर जग्गामा ३.५ प्रतिशत, शिक्षामा ५ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यमा ५.३ प्रतिशत, सामुदायिक तथा व्यक्तिगत सेवामा ४.४ प्रतिशतमा, यातायात र सञ्चारमा ६.४ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षमा ५.५ प्रतिशत सीमित हुने भएको छ । यस्तै नकारात्मकमा खानी तथा उत्खननमा –२.९, उत्पादनमा (औद्योगिक उत्पादन)–१२.१ प्रतिशत, निर्माणमा –६.१ प्रतिशत, थोक तथा खुद्रामा –६.६ प्रतिशत, होटल तथा रेष्टुरेन्टमा –८.६ प्रतिशतमा आर्थिक वृद्धिद्धर सीमित हुने भएको छ ।

दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर दुई खर्ब ४४ अर्ब रुपैयाँ तथा पहिलो त्रैमासिकमा दुई खर्ब सात अर्ब रुपैयाँ रहेको थियो तर कोभिडका कारण भने चौथो त्रैमासिकको आर्थिक वृद्धिद्धरको लक्ष्य सरकारलाई संशोधन गर्नुपर्ने आवश्यक छ भने हालसम्म विभागले सो विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । आव ०७५/०७६ मा भने चौथो त्रैमासिकको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x