Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३४ वटै सरकारी प्रयोगशाला कोरोना परीक्षणका लागि खुला संक्रमित ४७ हजार दुई सय

३४ वटै सरकारी प्रयोगशाला कोरोना परीक्षणका लागि खुला संक्रमित ४७ हजार दुई सय


काठमाडौं, भदौ २३

सरकारले देशका सबै ३४ वटै सरकारी प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सबैका लागि खुला गरेको छ । यसअघि सरकारले लक्षण देखिएकाहरुलाई र शंका लागेर परीक्षण गराउन चाहनेका लागि भिन्नाभिन्नै परीक्षण स्थल तोकेको थियो । सरकारले यसअघि नौवटा प्रयोगशालामा मात्रै शुल्क तिरेर कोरोनाको परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो । अब भने ती नौसहित ३४ वटै प्रयोगशालामा शुल्क तिरेर कोरोनाको परीक्षण गर्न पाइनेछ । सरकारले कोरोना परीक्षणका लागि चार हजार चार सय शुल्क तोकेको छ ।

यसअघि सरकारले काठमाडौं उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशाला र हरेक प्रदेशका एउटा सरकारी प्रयोगशालाको साथै अन्य १३ वटा निजी प्रयोगशालालाई सशुल्क परीक्षणको अनुमति दिएको थियो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार अब शुल्क तिरेर जोसुकैले सरकारी वा निजी अस्पतालमा कोरोना परीक्षण गर्न सक्नेछन् । सबै प्रयोगशाला सबैका लागि खुला नगर्दा मानिसहरुले चाहेर पनि घर नजिकको अस्पतालमा कोरोना परीक्षण गर्न पाएका थिएनन् ।

यसैबीच, सोमबार देशभरमा नौ सय ७९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा तीन सय २६ सहित देशभरमा उक्त संख्या देखिएको हो । थपिएका सङ्क्रमितमध्ये छ सय ४१ पुरुष र तीन सय ३८ महिला छन् । देशभरमा सङ्क्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् । देशभरका प्रयोगशालामा गरी नौ हजार दुई सय १८ नमूना परीक्षण गर्दा नौ सय ७९ जनामा कोरोना देखिएको हो ।

हालसम्म सात लाख ७७ हजार ५ सय ६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेन्टाइनमा रहने चार हजार सात सय ३९ छन् । देशभर १६ हजार दुई सय ५९ सक्रिय सङ्क्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार एक सय ९० होम आइसोलेसनमा छन् । सोमबार एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ३० हजार छ सय ७७ पुगेको जानकारी दिए । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् ।

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार सात सय ३१, प्रदेश २ मा चार सय ८२, वाग्मतीमा चार हजार आठ सय ४०, गण्डकीमा आठ सय ३६, प्रदेश ५ मा एक हजार ९७, कर्णालीमा तीन सय ३६ र सुदूरपश्चिममा सात सय ४७ छन् । होम आइसोलेनमा प्रदेश १ मा सात सय ९०, प्रदेश २ मा तीन हजार, वाग्मतीमा दुई हजार तीन सय ३४, गण्डकीमा एक सय, प्रदेश ५ मा आठ सय सात, कर्णालीमा ४० र सुदूरपश्चिममा एक सय १९ छन् । देशभर एक सय ७१ सङ्क्रमित आईसीयूमा छन् ।

देश १ मा छ, प्रदेश २ मा २४, वाग्मतीमा १११, गण्डकीमा पाँच र प्रदेश ५ मा २१, कर्णालीमा तीन र सुदूरपश्चिममा एक जना आईसीयूमा छन् । वाग्मतीमा १८ र प्रदेश ५ मा दुई सङ्क्रमित भेण्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा देशरभका ४५ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् जसमा उदयपुर एक, झापा १६, पाँचथर छ, भोजपुर एक, मोरङ ३९, सुनसरी ६५ र सोलुखुम्बु एक रहेका छन् । धनुषा ४४, महोत्तरी तीन, सप्तरी १९, सर्लाही २० र सिराहा ४१, काठमाडौँमा दुई सय ९३, ललितपुर २०, भक्तपुर १३, काभ्रेपलाञ्चोक २८, चितवन १९, दोलखा तीन, धादिङ चार, मकवानपुर ७३, सिन्धुपाल्चोक तीन र सिन्धुली एक सङ्क्रमित पुष्टि भएको छ ।

त्यस्तै कास्की ३०, गोरखा १८, नवलपरासी पूर्व १६, लमजुङ १५, तनहुँ छ, पर्वत एक, कपिलवस्तु दुई, गुल्मी आठ, प्युठान एक नवलपरासी दुई, पाल्पा पाँच, बर्दिया ४१, बाँके ४२ र रूपन्देहीमा ४१ सङक्रमित फेला परेका छन् । कालिकोट दुई, जाजरकोट एक, जुम्ला एक, दैलेख तीन, सुर्खेत १९, कञ्चनपुर सात, कैलाली तीन, बझाङ तीन र बाजुरामा एक सङ्क्रमित फेला परेका छन् ।

देशका ११ जिल्लामा सङ्क्रमित पाँच सय बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ । पाँच सय बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, चितवन, ललितपुर, काठमाडौँ र रूपन्देही छन् । सङक्रमित शून्य जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला छन् । काठमाडौँ, वीरगञ्ज, धनगढी, बुटवललगायतका सहरमा सङ्क्रमण बढीरहेको छ ।

११ जनाको मृत्युपछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७३ लाख छ हजार ४३८ जना सङ्क्रमित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x