काठमाडौं, भदौ २३
सरकारले तीन वर्षअघि गरेको जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय घरजग्गा व्यवसायीको प्रभावमा परेर बदर गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ गते मन्त्रीस्तरीय बैठक गरी जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् ।
तीनवर्ष अघि सरकारले कृषियोग्य जमीन खण्डीकरण गर्ने निर्णय गर्दै कित्ताकाट गर्न रोक्ने निर्णय गरेपछि घरजग्गा व्यवसायी सरकारको उक्त निर्णय उल्टाउन सक्दो प्रयास गरिरहेका थिए । यहीबीचमा उक्त निर्णयलाई संसोधन गर्दै मन्त्री अर्यालले स्थानीय निकायको सिफारिसमा कित्ताकाट गर्न दिने निर्णय समेत गरेकी थिइन् ।
उक्त निर्णय पनि स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई घुस खाने अस्त्र बनेकाले घरजग्गा व्यवसायीले लकडाउन सुरु हुनुअघिदेखि नै उक्त निर्णय बदर गराउन कसरत गर्दै आएका थिए । त्यही कारण घरजग्गा व्यवसायीको प्रभावमा परेर भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले मन्त्रीस्तरीय निर्णय गरेर रोकिएको कित्ताकाट खुला गर्ने र पूर्ववतरूपमा विभाग र मातहत कार्यालयहरूबाटै कित्ताकाट गर्ने निर्णय गरेकी हुन् ।
२०७४ सालमा तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन् । ‘जग्गाको खण्डीकरणसम्बन्धी विषय पेस हुँदा कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभागलगायतमा यो निर्णय परिपत्र गरिसकेको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले उक्त निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया