सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
काठमाडौं, भदौ २४
बचत तथा सहकारी संस्थाको पाँच करोड ६७ लाख ठगी गरी फरार भएका राजकाजी खड्गी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका अनुसार ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ घर भई हाल ललितपुरको धापाखेल बस्दै आएका ४४ वर्षीय खड्गीलाई सोमबार अपराह्न पक्राउ गरिएको हो ।
महाशाखाका अनुसार खड्गीले काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडमा प्रबन्धक पदमा २०७० असारदेखि मिति २०७७ जेठ मसान्तसम्म सात वर्ष काम गरेका थिए । सोही क्रममा खड्गीले उक्त सहकारीको हरहिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उक्त संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई पाँच करोड ६७ लाख नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ ।
सो पश्चात् लुकीछिपी बसेको अवस्थामा खड्गीलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न १ बजे ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलबाट पक्राउ गरिएको हो । पक्राउ परेका खड्गीलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीसम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट यही भदौ २२ गतेबाट लागू हुने गरी दिन पाँच दिन म्याद थप अनुमति प्रदान भई अनुसन्धान भई प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया