भारतबाट तयारी टिन आयात गर्न दिन उद्योग वाणिज्य महासंघ नै लबिङमा
शंकर लुइँटेल
विराटनगर, भदौ २४
कोभिड १९ को महामारीबाट ग्रस्त बनेका सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज पर्सा औद्योगिक करिडोरका उद्योगलाई नै प्रभावित बनाउने गरी सरकार आफैँ उद्योग बन्द गराउने प्रयासमा लागेको पाइएको छ । आर्थिक ऐन २०७७ लाई नै प्रभावित बनाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैं तयारी वस्तु निकासी गर्ने उद्योगले नेपालमा उत्पादन नहुने प्याकिङ मेटेरियल आयात गर्दा लाग्ने भन्सार महसुल धरौटीमा राखी जाँचपास गर्ने प्रावधानलाई टेकेर स्वीदेशी उद्योगलाई धराशायी बनाउन उद्यत रहेको पाइएको हो ।
अहिले पनि सुनसरी मोरङ आद्योगिक करिडोर र वीरगञ्ज पर्सा औद्योगिक करिडोरमा जस्ताबाट बनाइने टिन उद्योगहरू करिब एक दर्जनको हाराहारीमा सञ्चालन रहेका छन् । तर ती सञ्चालनमा रहेका उद्योगलाई नै बन्द गराउने उद्देश्यबाट सरकारको आग्रहमा गत साउन १९ गते नै तयारी वस्तु पैठारीका लागि भारतमा निर्माण भएका टिन आयात गर्न उद्योगलाई अनुमति दिन मनासिव रहेको पत्रसहितको आफ्नो राय उद्योग वाणिज्य महासंघले उद्योग मन्त्रालयलाई जानकारी दिएको छ ।
उद्योग वाणिज्य तथा आपुर्ति राज्य मन्त्री मोतीलाल दुगढको निर्देशनमा उद्योग वाणिज्य महासंघले उक्त पत्रसहितको आफ्नो राय उद्योग मन्त्रालयलाई गराएको समाचारस्रोतको दाबी छ । उद्योग वाणिज्य महासंघले लेखेको पत्रका आधारमा भारतमा निर्माण भएका टिनका वस्तु नेपाल आयात गर्न छुट दिने तयारीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेको बताइन्छ । यदि ती वस्तु आयातमा छुट दिएमा स्वदेशी उद्योग नै बन्द हुने अवस्थामा पुग्ने टिन उद्योग सञ्चालन गर्दै आएका उद्योगीले बताएका छन् ।
पछिल्लो समय जेनतेन सञ्चालनमा रहेका टिन उद्योगहरू सरकारकै मन्त्रीको विवादास्पद निर्णयका कारण धरासायी हुने अवस्थामा पुग्ने उद्योगीको भनाइ छ । कोभिड १९ को महामारीका कारण करिब ६ महिनादेखि बन्द रहेका उद्योग सञ्चालनमा आएको भए पनि विभिन्न विवादास्पद निर्देशन गरेर सरकार आफैँ जेनतेन सञ्चालनमा आएका उद्योग नै बन्द गराउन सक्रिय रहेको उनीहरूको आरोप छ । सोयाबीन तेल उद्योगीहरूको प्रभावमा परेर सरकारले तयारी टिन भारतबाट आयात गर्न दिने निर्णय गर्न लागेको उनीहरूको भनाइ छ ।
हाल भारतमा सोयाबीन तेलको माग उच्च रहेको छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्र सुनसरी मोरङ औद्योगिक करिडोरका सोयाबीन तेल उद्योगहरूले ४७ लाख ७० हजार एक सय ८७ केजी सोयाबीन तेल भारत निकासी भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरबाहेक देशभरबाट दुई अर्ब २७ करोडको सोयाबीन प्रशोधित तेल भारततर्फ निर्यात हुनेगरेको छ । सोयाबीन तेल उद्योगहरूका उत्पादन प्याकिङ हुने टिन भारतबाट ल्याउन सरकारले अनुमति दिन लागेको हो ।
हाल उक्त टिनहरू नेपालका उद्योगहरूले निर्माण गर्दै आएको छ । स्वदेशी टिन उद्योगलाई विस्तापित गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगढ आफैँ सक्रिए भएर भारतबाट तयारी टिन आयात गर्न दिनुपर्ने पक्षमा लागेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज पर्सा आद्योगिक करिडोरका पाम उद्योगीहरू नै पछिल्लो समय सोयबीन तेल भारत निकासीमा सक्रिय रहेका छन् ।
पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोर र वीरगञ्ज पर्सा औद्योगिक करिडोरमा कोरोना संक्रमणका कारण पहिले जति उद्योग सञ्चालनमा छैनन् । तर पनि सञ्चालित उद्योगमा पनि सोयाबीन तेलको उत्पादन एक्कासी बढेर गएको छ । उद्योगीहरूका अनुसार भारतमा सोयाबीन तेलको माग बढिरहेकाले पाम तेलको विकल्पका रूपमा व्यवसायीहरूले सोयबीन तेलको उत्पादन बढाउन थालेका हुन् ।
औद्योगिक करिडोरका उद्योगीहरूले मुख्यरूपमा कच्चा सोयाबीन तेल अर्जेन्टिना, ब्राजिल, पारागुवे, इन्डोनेसिया तथा युक्रेनबाट आयात गर्ने गरेका छन् । सबैभन्दा बढी कच्चा सोयाबीन तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । चालू आवको साउन महिनामा मात्र दुई अर्ब ५६ करोड रुपैयाँबराबरको कच्चा सोयाबीन तेल नेपाल आयात भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया