Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभर्चुअल माध्यमबाट साधारणसभा गर्न महासंघलाई समितिको सुझाव

भर्चुअल माध्यमबाट साधारणसभा गर्न महासंघलाई समितिको सुझाव


काठमाडौं, भदौ २४
नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचनको मोडालिटी तयार गर्न गठित समितिले भर्चुअल माध्यमबाट साधारणसभा गर्न महासंघलाई सुझाव दिएको छ । महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचनको कार्यलाई के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणालाई सोमबार उक्त सुझावसहितको प्रतिवेदन पेश गरेको छ ।

समितिले प्रतिवेदनमा वार्षिक साधारणसभाको हकमा समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट)को प्रत्यक्ष काठमाडौंमा अथवा जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा वा कम्प्युटराइज/इ–भोटिङमार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाएको छ । गएको साउन २१ गतेसम्पन्न महासंघको कार्यकारिणी समितिको १७औँ बैठकले कार्यकारिणी समितिका छ सदस्य सम्मिलित समिति गठन गरेको थियो ।

समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, कोभिड–१९ उच्चस्तरीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्यसम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेशअनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणासमक्ष प्रतिवेदन पेश गरेको हो । समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट इ. विनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रञ्जितराज आचार्य छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x