धितोपत्र बोर्डद्वारा सामूहिक लगानी कोषको संशोधित नियमावली लागू
काठमाडौं, भदौ २५
नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषको संशोधित नियमावली लागू गरेको छ । बोर्डका अनुसार बुधबारदेखि अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली, २०७७ लागू गरिएको हो । संशोधित कार्यविधिअनुसार योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाइ पुनर्खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बोर्डका अनुसार यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । विद्यमान व्यवस्थाले इकाइ धनी (लगानीकर्ता)को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । यसैगरी यो नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परीक्षकको नियुक्ति गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ ।
बोर्डका अनुसार यसअघि बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । यो व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताहरुको हित हुने अपेक्षा समेत गरेको बोर्डले जानाकरी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया