कोरोना संक्रमितको उपचार सोलुखुम्बुमै हुने
महेन्द्र शाही
सोलुखुम्बु, भदौ २५
हिमाली जिल्ला सोलुखुम्बुमै कोरोना संक्रमितको उपचार गरिने भएको छ । लक्षण नदेखिएको तर कोरोना पुष्टि भएकाहरूको जिल्ला अस्पताल फाप्लुको कोभिड १९ आइसोलेसन कक्षमा राखेर उपचार गरिने भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । स्वाब संकलन गरी पठाइएका मध्ये कोरोना पुष्टि भएकी एक युवतीलाई अहिले सोही अस्पतालमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा कार्यरत २५ वर्षीया युवतीको अहिले जिल्ला अस्पताल फाप्लुमै उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार सोमबार युवतीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको अवस्था सामान्य रहेको र कुनै पनि लक्षण नदेखिएकाले रेफर नगरिएको अस्पतालले जनाएको छ । ती युवती भदौ ११ गते काठमाडौंबाट सोलुखुम्बु आएकी थिइन् । उनीसँगै स्वाब संकलन गरी पठाइएका अन्य ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म सोलुखुम्बुबाट स्वाब संकलन गरी पठाइएका तीन सय ६९ मध्ये आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि कोरोना पुष्टि भएकाहलाई धरान र विराटनगरको कोभिड अस्पतालमा पठाउनुपर्ने अवस्था रहेको थियो । पछिल्लो समय सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका लागि ओखलढुङ्गाको रुम्जाटारमा कोरोना अस्पताल निर्माण गरिएको छ । तर खोटाङको खोटाङ अस्पतालमा नै उपचार हुनेगरेको छ । जिल्लामा नै उपचार हुने भएपछि जिल्लाबाहिर पठाउनुपर्ने झन्झट हटेको छ । अब अवस्था गम्भीर भएका बिरामीलाई मात्र अन्यत्र पठाइने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । जिल्लामा यसअघि कोरोना संक्रमण पुष्टि भएका सात जना निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया