Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय वाणिज्य बैंक ऋण उठाउन असफल

राष्ट्रिय वाणिज्य बैंक ऋण उठाउन असफल


काठमाडौं, भदौ २८
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा निष्क्रिय कर्जाको अनुपात उच्च देखिएको छ । बैंकहरुको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा चार दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा पनि वाणिज्य बैंकमा निष्क्रिय कर्जाको अनुुपात अन्यको तुुलनामा बढी अर्थात् चार दशमलव ७९ प्रतिशत रहेको थियो ।

यीबाहेकका अन्य बैंकहरुमा भने नौवटा बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात दुुई प्रतिशतको हाराहारीमा रहेको छ भने १० वटामा एक प्रतिशतको हाराहारीमा रहेको छ । बाँकी सातवटामा भने निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतभन्दा तल रहेको छ । पछिल्लो आर्थिक वर्षमा समग्र वित्तीय प्रणालीमा कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण बैंकहरुको निक्षेप तथा कर्जामा संकुुचन आएसँगै ब्याज असुुली पनि घटेको छ । तर यो बीचमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सहुुलियत दिंँदै कर्जाको असुलीको लागि थप समय दिएका कारण पनि बैंकहरुमा निष्क्रिय कर्जा अनुुपात अघिल्लो आवकै हाराहारीमा देखिएको हो ।

वाणिज्य बैंकहरुमध्ये प्रभुु बैंकमा दुई दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ भने भने कृषि विकास बैंकमा दुुई दशमलव सात प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात क्रमशः दुुई दशमलव ७६ र तीन दशमलव २९ प्रतिशत रहेको थियो ।

यसैगरी नेपाल बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकमा पनि निष्क्रिय कर्जाको अनुपात गत आवमा क्रमशः दुई दशमलव ५९, दुुई दशमलव ६८, दुुई दशमलव ९१ र दुुई दशमलव ३८ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा यी बैकहरुमा निष्क्रिय कर्जाको अनुपात क्रमशः दुुई दशमलव ६४, शून्य दशमलव ८२, दुुई दशमलव ७८ र दुुई दशमलव ३७ प्रतिशत रहेको थियो । नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकमा पनि निष्क्रिय कर्जाको अनुपात क्रमशः दुुई दशमलव ७९, दुुई दशमलव ८९ र दुई दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात दुुई दशमलव ७८, एक दशमलव ७४ र एक दशमलव ४० प्रतिशत रहेको थियो ।

गत आवको चौथो त्रैमासिकमा सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, मेगा बैंक र ग्लोबल आईएमई बैंकमा भने निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा पनि यी बैंकहरुमा यस्तो कर्जाको अनुपात एक प्रतिशतको हाराहारीमा नै रहेको थियो ।

यीबाहेकका नबिल बैंक, माछापुुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंकमा भने निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा पनि यी बैकहरुमा यस्तो कर्जाको अनुपात निष्क्रिय कर्जाको अनुुपात एक प्रतिशतभन्दा तल रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x