Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविवादास्पद टिन आयातको फाइल उद्योग मन्त्रालयद्वारा फिर्ता

विवादास्पद टिन आयातको फाइल उद्योग मन्त्रालयद्वारा फिर्ता


विराटनगर, भदौ २९
उद्योगी दुगड र लोहिया आर्थिक ऐनविपरीतको निर्णय गराउन अझै सक्रिय
कोभिड १९ को महामारीबाट ग्रस्त बनेका सुनसरी मोरङ औद्योगिक करिडोरदेखि वीरगञ्ज पर्सा औद्योगिक करिडोरका उद्योगलाई नै प्रभावित बनाउने गरी भारतमा निर्मित टिनका तयारी वस्तु उद्योगीले सोझै आयात गर्न दिने सिफारिसमा सक्रिय उद्योगीको फायल उद्योग मन्त्रालयले फिर्ता गरेको छ ।

स्वेदेशमा नै टिनका सामग्री उत्पादन गर्ने उद्योग नै बन्द गराउने गरी निश्चित आयल उद्योगीको पक्षमा निर्णय गराउन उद्यत उद्योग वाणिज्य राज्यमन्त्री मोति दुगढको प्रयास फाइल फिर्तासँगै असफल भएको छ । उद्योग मन्त्रालयले आर्थिक ऐनविपरीत त्यस्तो सिफारिस गर्न नसक्ने भन्दै आयल उद्योगीको पक्षमा सिफारिस गर्न नसक्ने जवाफ दिएको मन्त्रालयस्रोतले बताएको छ ।

आर्थिक ऐन २०७७ लाई नै प्रभावित बनाएर मन्त्री दुगढ आफैँ तयारी वस्तु निकासी गर्ने उद्योगले नेपालमा उत्पादन नहुने प्याकिङ मेटेरियल आयात गर्दा लाग्ने भन्सार महसुल धरौटीमा राखी जाँचपास गर्ने प्रावधानलाई टेकेर स्वीदेशी उद्योगलाई धराशायी बनाउन उद्यत रहेको समाचार भदौ १९ गते आर्थिक दैनिकले लेखेको थियो ।

सुनसरी मोरङ औद्योगिक करिडोरको स्वस्तिक आयलका सञ्चालक कुमुद दुगढ र वीरगञ्जको आरती भेजिटेवलका सञ्चालक श्यामकुमार लोहियाले मन्त्री दुगढलाई तपाईं पनि आफैँ एक उद्योगी भएको भन्दै प्रभावमा पारी उद्योगी आफैँले टिनबाट निर्मित सामग्री आयात पाउनुपर्ने व्यवस्था गर्न दबाब दिएका थिए । तर उद्योग मन्त्रालयले आर्थिक ऐनविपरीत निर्णय गर्न मन्त्रीको दबाब समेत अस्वीकार गरेपछि अहिले उक्त फायल राज्यमन्त्री दुगढको सचिवालयमा नै फिर्ता भएको छ ।

सुनसरी मोरङ आद्योगिक करिडोर र वीरगञ्ज पर्सा औद्योगिक करिडोरमा जस्ताबाट बनाइने टिन उद्योगहरू करिब एक दर्जनको हाराहारीमा सञ्चालन रहेका छन् । ती सञ्चालनमा रहेका उद्योगलाई नै बन्द गराउने उद्देश्यले मन्त्री दुगढदेखि उद्योगी कुमुद दुगढ, श्यामकुमार लोहियाले तयारी वस्तु पैठारीका लागि भारतमा निर्माण भएका टिन आयात गर्न उद्योगलाई अनुमति दिन मनासिव रहेको आसयसहितको पत्र उद्योग वाणिज्य माहासंघबाट उपलब्ध गराई उद्योग मन्त्रालयमा जानकारी दिएको थियो ।

उक्त पत्रपछि टिनका सामग्री आयातमा सरकारले छुट दिने कुरामा उद्योगी दुगढ र लोहिया विश्वस्त रहेका थिए । तर उद्योग मन्त्रालयले उक्त फायल नै फिर्ता गरेपछि अब कुन बाटो जाने भन्ने योजनामा मन्त्री दुगढदेखि उद्योगी दुगढ र लोहिया अझै सक्रिय रहेको मन्त्रालयस्रोतले बताएको छ । भारतमा निर्माण गरिएका टिनहरू सोयाबीन तेल उद्योगी आफैंले ल्याउन पाउनुपर्ने लविङमा लागेका छन् ।

आयल उद्योगीले स्वदेशी टिन उद्योगले आफूलाई आवश्यक पर्ने टिनका सामग्री उपलब्ध गराउन नसकेको भन्दै भारतबाट आयात गर्न छुट दिनुपर्ने माग गरी मन्त्रालयमा पहल गरेका हुन् । आयल उद्योगका उद्योगीले पछिल्लो समय सोयाबीन तेलको उत्पादन एक्कासी बढाएका छन् । उद्योगीहरूका अनुसार भारतमा सोयाबीन तेलको माग बढिरहेकाले पाम तेलको विकल्पका रूपमा उद्योगीहरूले सोयबीन तेलको उत्पादन बढाएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x