Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व बुझाउने समय तोकिए अवधिभन्दा एक महिना थप गर्न निजी क्षेत्रको आग्रह

राजस्व बुझाउने समय तोकिए अवधिभन्दा एक महिना थप गर्न निजी क्षेत्रको आग्रह


काठमाडौं, भदौ २९
राजस्व बुझाउने समय तोकिएको समयावधिभन्दा एक महिना बढी थप गर्न निजी क्षेत्रले आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी असहज परिस्थितिलाई मध्यनजर गरी राजस्व दाखिला गर्ने समयावधि थप गर्ने व्यवस्था मिलाउने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

उद्योग प्रतिष्ठानहरुले राजस्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको बताउँदै परिसंघले अघि पनि उल्लेख्य राजस्व दाखिला भएको राष्ट्रपतिलाई जानकारी गराएको छ ।

वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधिभन्दा एक महिना बढीको समय थप गर्ने वातावरण तयार पारिदिन परिसंघले राष्ट्रपतिलाई आग्रह गरेको हो । यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजस्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा निजी क्षेत्र र राष्ट्रपतिबीच शनिबार भएको भेटमा विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नुपरेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।

परिसंघका पधाधिकारीहरुले राष्ट्रपतिसमक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमानै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राखेका थिए ।

छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मजदुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको सक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायहरु प्रतिबद्ध रहेको समेत जानकारी गराएका थिए ।

परिसंघले यस्तो विषम परिस्थितिमा पनि उद्योगमा कार्यरत कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनुपर्ने धारणा बताउँदै यदि उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा सक्रमण भेटिएमा कन्ट्याक्ट ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पीसीआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाइदिनको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि पनि उनीहरुले आग्रह गरे ।

कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको १४ दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने र तीन दिनको क्वारेन्टाइनपछि सम्बन्धित पर्यटकको पीसीआर टेष्ट गरी परीक्षण नेगेटिभ आएमा निर्बाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा छलफल भएको थियो ।

कुनै क्षेत्रमा संक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमात्र लकडाउन गर्नुपर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन पनि परिसंघले आग्रह गरेको छ । संक्रमणलाई रोक्नको लागि सुविधासम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्नुपर्ने धारणा परिसंघको थियो ।

यसको लागि परिसंघले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आबद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेसनका सेवाहरु निर्बाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिनको लागि राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ ।

छलफलमा राष्ट्रपति भण्डारीले उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मक रुपमा लिई त्यसको कार्यान्वयनमा पनि सहयोग गर्ने बताईन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा गएको टोलीमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र निर्वाण चौधरीको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x