Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नक्कली अपहरणको नाटकले आफैँ प्रहरीको फन्दामा’

‘नक्कली अपहरणको नाटकले आफैँ प्रहरीको फन्दामा’


जिएम यादव
बाँके, भदौ ३०
अपहरणको नाटक गर्दा बाँकेमा एकजना महिला प्रहरीको फन्दामा परेकी छिन् । बर्दिया ठाकुरबाबा नगरपालिका –४ मैनवाकी ती महिलाले रचेको एउटा नाटकले आफैँ प्रहरी फन्दा फसेकी हुन् । नेपालगञ्ज उपमहानगरपालिका –६ फुल्टेक्रामा भाडामा बस्ने ती ३३ वर्षीया आशिककुमारी चौधरी अपहरणको नाटक गरी झुटो अफवाह फैलाएको आरोपमा प्रहरी हिरासत पुगेकी छन् ।

प्रहरीका अनुसार, सानु दहितको नामबाट अर्कैको फोटो राखी फेक आईडीबाट ‘लभको चक्कर’ चलाएपछि त्यसबाट बच्न उनले अपहरणको नाटक गरेकी हुन् । दुई सन्तानकी आमा चौधरीले सानु दहितको नाममा प्रोफाइलमा सुन्दर युवतीको तस्बिर राखेर फेसबुक आईडी बनाइन् । केही दिनपछि उनको फेसबुकमा नवलपरासीका एक जना युवा जोडिएपछि च्याटमा रोमान्चक गफ सुरु भयो ।

यो क्रम निरन्तर चल्दै गएपछि फेसबुक हुँदै मोबाइल फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटीप्रति केटाको लगाव बढ्दै गयो । केटाले भिडियो कल गरौँ भन्दा केटीले आनाकानी गर्दै टारिरहिन् । किनकि, उनी फेसबुकको प्रोफाइलमा रहेको फोटोजस्तो सुन्दर थिइनन् । फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् ।

नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फुर्ती लगाइरहिन् । केटा अझ आकर्षित हुँदै गए । भेट्ने कर गर्न थाले । केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु । त्यही बेलामा बाटोमा भेटौँला र पोखरासँगै जाम्ला ।’ फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे । यो या त्यो बहानामा केटीले टारिरहिन् । यहीक्रम चलिरहेको थियो । केटाको धैर्यताको बाँध टुटिसकेको थियो । उनले नेपालगञ्ज भए पनि भेट्न आउने बताएपछि अशिकाले पोखराको लागि नेपालगञ्जबाट हिँडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको नवलपरासीका केटालाई बताइन् ।

प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दै छन् । मलाई उद्धार गर्नु प¥यो ।’ घटना यही भदौ २६ गतेको हो । युवती अपहरणमा परेको बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेश मात्रै होइन, पूरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन ट्रेकिङ गर्दा नेपालगञ्ज नै देखाइरहेको थियो । यसले प्रहरीलाई अझ तनाब बढ्यो । प्रहरीले भोलिपल्ट २७ गते नेपालगञ्जको फुल्टेक्रामा उनलाई आफ्नै डेरामा भेट्टायो । बर्दियाबाट नेपालगञ्ज आएर फुल्टेक्रास्थित शान्ति चौधरीको घरमा डेरमा बसेकी ३३ वर्षकी आशिककुमारी चौधरीले रचेको नाटक हो यो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–४ मैनवा बस्ने उनको शिक्षा साधारण लेखपढ हो । उनको यो नाटकले बाँके प्रहरी, प्रदेश डीआईजी हुँदै प्रहरी हेडक्वाटरसम्मकाले सास्ती भोग्नु प¥यो । बाँके प्रहरीले फेला पारेको आशिकालाई केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताइन् । आशिकाले अरुकै तस्बिर राखेर फेसबुक आईडी बनाएको र त्यही फेसबुकको प्रोफाइलमा रहेको युवतीप्रति आकर्षित भएका नवलपरासीका युवाबाट बच्न यस्तो नाटक गरेको तथ्य खुल्यो । उनले यस्तो नाटक रच्नुको पछाडि फेसबुकको प्रोफाइलमा रहेको युवती र उनी फरक थिइन् ।

श्रीमानसँगै बस्दै आएकी आशिकनको यो नाटकबारे उनका श्रीमान् बेखबर थिए । जब प्रहरीले आशिकालाई नियन्त्रणमा लिएर गयो बल्ल उनले थाहा पाए । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइतबार पत्रकार सम्मेलन गरेर यो घटना बाहिर ल्याएका हुन् । उनीमाथि प्रहरीले झुटो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रमुख एसपी रानाले अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको भनी स्वीकार गरेको र ती युवाले भेटघाट गर्नुपर्ने बाध्यता पारेपछि आफू अपहरणमा परेको नाटक गरेको चौधरीले खुलाएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया