काठमाडौं, भदौ ३१
मंगलबार देशभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । सरदर अघिल्ला दिनहरुजस्तै एकै संख्यामा परीक्षण गर्दा धेरैमा कोरोना देखिएपछि नेपालमा कोरोनाको जोखिम तीव्र रुपमा बढ्दै गएको देखिएको छ । मंगलबार एक हजार १३ पुरुष र चार सय ४६ महिला गरी एक हजार चार सय ५९ कोरोना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी काठमाडौंमा पाँच सय ५५ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
दश हजार तीन सय ७५ नमूना परीक्षण गर्दा सिरहामा एक सय ६२, मोरङमा एक सय ११, मकवानपुरमा ८७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१, ललितपुरमा ३५, बाँकेमा २७, दाङ र रौतहटमा २६/२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासीपूर्वमा २१, सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११/११, तनहुँ र महोत्तरीमा नौ/नौ तथा बैतडी, कञ्चनपुर र काभ्रेपलाञ्चोकमा आठ/आठ सङ्क्रमित थपिएका छन् ।
यस्तै कास्कीमा सात, धनुषा र झापामा छ/छ, गोरखा र दोलखामा पाँच/पाँच, लमजुङ, धादिङ र सर्लाहीमा चार/चार, दार्चुला, नवलपरासी, अर्घाखाँची, गुल्मी र बारामा तीन/तीन, बझाङ, दैलेख, सल्यान, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा दुई/दुई, बर्दिया, मनाङ, पर्सा, मोरङ, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक/एक जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेको छ । १५ हजार सात सय ७९ सक्रिय सङ्क्रमितमध्ये सात हजार छ सय ४० होम आइसोलेसन र आठ हजार एक सय ३९ संस्थागत आइसोलेसनमा छन् । यस्तै सात हजार दुई सय ५० क्वारेन्टाइनमा रहेका छन् ।
मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित छन् भने सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या ४० हजार छ सय ३८ पुगेको छ । कोरोना निको हुनेको प्रतिशत ७१.५ छ ।
प्रदेश १ मा पाँच, प्रदेश २ मा नौ, वाग्मती प्रदेशमा एक सय २३, गण्डकी छ, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा नौ सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २५, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक/एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार महिला र सात पुरुष गरी ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाराका ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको ज्यान गएको छ ।
यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, काठमाडौँका ८६ वर्षीया महिला तथा ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ । यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या तीन सय ७१ पुगेको छ । कुल सङ्क्रमितको ०.६५ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । विश्वभर कोरोना भाइरसबाट दुई करोड ९४ लाख ५० हजार एक सय ९३ जना प्रभावित भएका छन् । कोरोनाबाट नौ लाख ३२ हजार आठ सय ११ जनाले ज्यान गुमाएका छन् भने दुई करोड १२ लाख ८१ हजार ८५ जना निको भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया