लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार सोलुखुम्बु आउने
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार नेपाल आएका छन् । खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार नासिर बिन हामिद अल खलिफा १८ जनाको टोलीसहित बुधबार नेपाल आएका हुन् । राजकुमारको टोली शेख इशा एअरबेजबाट विशेष विमानमार्फत बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे हिमाल आरोहणका लागि मंगलबार राति नेपाल प्रस्थान गरेको थियो । नेपाल बसाइमा उनीहरूले गोरखास्थित मनास्लु हिमालसमेत आरोहण गर्ने जनाइएको छ । उनीहरू हिमाल आरोहणका लागि आउनु पर्यटन क्षेत्रका लागि निकै सुखद भएको पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।
कोरोनाका कारण पछिल्लो छ महिना हिमाल आरोहण हुन सकेको छैन । यो सुखद सन्देश हो यसबाट नेपाली हिमाल आरोहणमा टेवा पुग्ने निरौलाको भनाइ छ । सगरमाथा नै चढ्ने योजनाका साथ उनीहरू आउनुले खुम्बुको पर्यटन क्षेत्रमा उत्साह थपिएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताए ।
लामो समय सुनसान बनेको खुम्बु क्षेत्र सरकारले हवाइ उडान खुलेसँगै खुम्बुमा पर्यटक आउने आशा गरिएको छ । मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमतिसमेत दिइसकेको छ । झण्डै दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रूपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ ।
सरकारले शरद् ऋतुका लागि हिमाल आरोहण खुला गरिसकेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । निरौलाका अनुसार अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया