Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुँदै

आज २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुँदै


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार २० अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति असोज ६ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

सोमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस ७ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत १० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ असोज ५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही भदौ २९ गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको थियो ।

राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा बिजनेस डे सेड्युुल सञ्चालन गर्ने
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा नियमित बिजनेस सेड्युल सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असोज ४ गते अर्थात् आइतबारदेखि आरटीजीएस प्रणालीअन्तर्गतको आरटीजीएस सिस्टम रुल्स २०१९ मा भएको व्यवस्थाअनुसार बिजनेस सेड्युल सञ्चालन गरिएको हो ।

सोअनुसार आइतबारदेखि बिहीबारसम्म नर्मल बिजनेस डे तोकिएको छ । यसअन्तर्गत बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म कस्टुुमर र इन्टर बैंक कारोबार तथा तीन देखि ३ः४० बजेसम्म बैंकस्तरीय कारोबार तथा शुुक्रबार बिजनेस डेअन्तर्गत बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म कस्टुमर एण्ड इन्टर बैंक कारोबार सञ्चालन हुुने राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया