Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनौ लाख १४ हजारको परीक्षण ६४ हजार एक सयमा कोरोना

नौ लाख १४ हजारको परीक्षण ६४ हजार एक सयमा कोरोना


काठमाडौं ।
नेपालमा आइतबारसम्म नौ लाख १४ हजार दुई सय ९० जनाको पीसीआर गरिएकोमा ६४ हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारदेखि आइतबारसम्मको २४ घण्टामा थप एक हजार तीन सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार मात्रै काठमाडौँ उत्यकामा सात सय ६७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका दुई सय ३० महिला र तीन सय ७२ पुरुषसहित छ सय दुई, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित एक सय एक जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार छ सय १६ पुगेको छ । काठमाडौँमा १३ हजार छ सय १६, ललितपुरमा एक हजार पाँच सय ४८ तथा भक्तपुरमा एक हजार चार सय ५२ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् ।

देशका विभिन्न प्रयोगशालामा आइतबार नौ हजार पाँच सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आइतबार थपिएका सङ्क्रमितमा पुरुष आठ सय ५६ तथा महिला चार सय ६९ रहेका छन् ।

हालसम्म ४६ हजार दुई सय ३३ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । आइतबार मात्र नौ सय ६६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी छन् । त्यसमा पनि काठमाडौं जिल्लामा संक्रमित हुनेको संख्या अधिक छ । मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, चितवन र रूपन्देही रहेका छन् । यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, म्याग्दी, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् ।

देशभर हाल एक सय ९० सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६ सङ्क्रमितलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । प्रदेश नं. १ मा ९सङ्क्रमित अति सघन कक्षमा, एक जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १६ सङ्क्रमितको अति सघन कक्षमा, वाग्मती प्रदेशमा एक सय २६ सङ्क्रमितको अति सघन कक्षमा तथा ३३ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच सङ्क्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा २३ सङ्क्रमितको अति सघन कक्षमा तथा २ को भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ११ कोरोना सङ्क्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल देशभर १७ हजार चार सय ७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल नौ हजार ७१ जना संस्थागत आइसोलेसनमा तथा आठ हजार चार सय सात सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । संस्थागत आइसोलेसनमा प्रदेश नं. १ मा तीन सय तीन, प्रदेश नं २ मा आठ सय ७३, वाग्मती प्रदेशमा पाँच हजार तीन सय ३९, गण्डकी प्रदेशमा छ सय ८९, प्रदेश नं ५ मा एक हजार दुई सय ७७, कर्णाली प्रदेशमा दुई सय ५५ तथा सुदूरपश्चिम प्रदेशमा तीन सय ३५ सङ्क्रमित रहेका छन् ।

यसैगरी होमआइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा एक हजार दुई सय ८९, प्रदेश नं २ मा नौ सय ९८, वाग्मती प्रदेशमा चार हजार छ सय एक, गण्डकी प्रदेशमा तीन सय १६, प्रदेश नं ५ मा सात सय ५६, कर्णाली प्रदेशमा दुई सय चार तथा सुदूरपश्चिम प्रदेशमा दुई सय ४३ रहेको छ । हाल सात हजार चार सय ५१ ज्ना सङ्क्रमितको क्वारेन्टाइनमा रहेका छन् । यस्तै हालसम्म प्रदेश नं १ मा चार हजार एकसय नौ, प्रदेश नं २ मा १२ हजार दुई सय ३३, वाग्मती प्रदेशमा १० हजार नौ सय ४१, गण्डकी प्रदेशमा २ हजार सात सय नौ, प्रदेश नं ५ मा सात हजार दुई सय ९५, कर्णाली प्रदेशमा दुई हजार सात सय चार तथा सुदूरपश्चिम प्रदेशमा छ हजार दुई सय ४२ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार प्रदेश नं १ मा ७८, प्रदेश नं २ मा ७६, वाग्मती प्रदेशमा आठ सय ३८, गण्डकी प्रदेशमा ५३, प्रदेश नं ५ मा दुई सय नौ, कर्णाली प्रदेशमा ३० तथा सुदूरपश्चिम प्रदेशमा ४१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । प्रदेश नं. १ को उदयपुरमा १, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, झापामा ३, मोरङमा ६३ तथा सुनसरीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० तथा सिरहामा १८ जनामा कोरोना देखिएको छ । यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा छ सय दुई, काभ्रेपलाञ्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा एक सय एक, मकवानपुरमा २४, सुन्धुलीमा १, ललितपुरमा ६४ तथा सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, बागलुङ १, स्याङ्जामा १ तथा लमजुङमा १८ जना कोरोना सङ्क्रमितको भेटिएका छन् ।

यसैगरी प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रूपन्देहीमा ११३ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । कर्णाली प्रदेशको सुर्खेतमा २९ तथा कालिकोटमा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा १२, अछाममा १० तथा बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१० जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष तथा ६ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या४११ पुगेको छ । मृत्यु हुनेमा धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ८२ वर्षीय पुरुष तथा ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया महिला, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रूपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिला रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया