काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका केही मन्त्री परिवर्तन गर्ने भएका छन् । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन कसरी गर्ने भनेर नेताहरुसँग सुझाव लिएका थिए । ओलीले सुझाव लिए पनि मन्त्री भने आफैंले परिवर्तन गर्ने छन् । पूर्वमाओवादीबाट मन्त्री बनाउनका लागि प्रचण्डसँग नाम मागिए पनि पूर्वएमालेका नेताहरुलाई मन्त्री बनाउने विषयमा भने प्रधानमन्त्रीले आफैँले निर्णय लिने बनाइएको छ ।
नेकपाको सचिवालय बैठक पहिलोपटक पूर्वमाओवादीको पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा बसेको थियो । ओली उक्त पार्टी कार्यालय गएकामा पूर्वमाओवादी कार्यकर्ताले खुसी व्यक्त गर्दै बल्ल पार्टी एकता भएको रुपमा सामाजिक सञ्जालमा प्रचार गर्दै फोटोहरु हालेका थिए । पार्टी एकता भए पनि ओलीले पूर्वमाओवादी कार्याकर्तालाई राजनीतिक कार्यकर्ताको रुपमा मान्दैनन् ।
आइतबारको बैठकमा प्रधानमन्त्रीले सुझाव मागे पनि मन्त्रिपरिषद्का सदस्यहरु परिवर्तनबारे कुनै निर्णय भएन । बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाबारे पनि बैठकमा छलफल भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाइको छ । बैठक सोमबार अपराह्न पुनः बस्नेछ । सोमबारको बैठक भने प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेछ । स्थायी कमिटीको गत बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारितपछि विवाद टुङ्गिएको थियो ।
स्थायी कमिटीको सो बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया