कर्जा सुरक्षण कोषद्वारा हालसम्म छ खर्ब ८९ अर्ब रुपैयाँको निक्षेप सुरक्षण
काठमाडौं ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले हालसम्म छ खर्ब ८९ अर्ब ४९ करोड रुपैयाँबराबरको निक्षेप सुरक्षण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक आर्थिक वर्षमा अर्थात् २०७७ असार मसान्तसम्ममा कोषले ७३ बैंक तथा वित्तीय संस्थाहरुको दुुई करोड ६० लाख खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम छ खर्ब ८९ अर्ब ४९ करोड निक्षेप सुरक्षण गरेको हो ।
हाल कोषमा २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३५ वटा विकास बैंक, २४ वटा फाइनान्स कम्पनीहरु र ८५ वटा लघुुवित्त वित्तीय संस्थाहरुमध्ये निर्धन उत्थान लघुुवित्त वित्तीय संस्था र छिमेक लघुुवित्त वित्तीय संस्थाहरुको निक्षेपकर्ता ग्राहकहरुको तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गरिएको छ ।
कोषमा निक्षेप सुरक्षणको सदस्य भएका धेरैवटा बैंक तथा फाइनान्स कम्पनीहरु पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई एकीकृत कारोबार सञ्चालन गरेकाले पनि कोषमा सूचीकृत बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या ८७ बाट घटेर ७३ वटा कायम रहेको हो । लघुुवित्त वित्तीय संस्थातर्फ सबै किसिमका गरी ८५ वटा संस्थाहरु सञ्चालनमा रहेको भए पनि कोषको सदस्य रहेका लघुवित्त संस्थाहरु भने हालसम्म दुुईवटा मात्र रहेका छन् ।
२०७६ असार मसान्तमा दुुई करोड २२ लाख खातामा रहेको छ खर्ब तीन अर्ब ३९ करोड निक्षेप सुरक्षण गरिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७७ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको ६५ अर्ब ११ करोडबराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । २०७६ असार मसान्तसम्म भने कोषले २५ अर्ब ६६ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरेको थियो ।
अधिकृत पुँजी १० अर्ब र जारी पुँजी पनि १० अर्ब रुपैयाँ नै रहेको कोषको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कोषको कुल सेयर स्वामित्वमा ९० प्रतिशत अर्थात् नौ अर्ब रुपैयाँ नेपाल सरकारको नाउँमा रहेको छ भने १० प्रतिशत अर्थात् एक अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकको नाउँमा रहेको छ । कोषले सरकार एवं नेपाल राष्ट्र बैंककै निर्देशन प्राकृतिक निक्षेपकर्ताहरुको तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्दै आएको छ ।
हाल कोषले निक्षेप सुरक्षण, पशुुधन सुरक्षण, साना तथा मझौला उद्यम कर्जा सुरक्षण, लघुुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात कर्जा सुरक्षणलगायतका कार्यहरु गर्दै आएको छ । कोषका अनुसार पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा सुरक्षण गराउने बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा सुरक्षणतर्फ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, ग्लोबल आईएमई बैंक र लक्ष्मी बैंक रहेका छन् । यसैगरी साना तथा मझौला उद्यम कर्जा सुरक्षणतर्फ सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी बैंक र बैंक अफ काठमाडौं रहेका छन् । लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षणतर्फ डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया