Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमितमध्ये ७२ प्रतिशत कोरोनामुक्त

संक्रमितमध्ये ७२ प्रतिशत कोरोनामुक्त


काठमाडौं ।
नेपालम कुल संक्रमितमध्ये ७२ प्रतिशत मानिसले कोरोनाविरुद्धको लडाइँ जितेका छन् । मंगलबार कोरोना सङ्क्रमणमुुक्त भएर आठ सय २३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना रहेको छ । देशभरका क्वारेन्टाइनमा मंगलबार सात हजार एक सय ७१ छन् । त्यस्तै आईसीयूमा उपचाररत दुई सय २३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् । मंगलबार मात्र नेपालमा थप एक हजार तीन सय ५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ११ हजार एक सय ५४ जनाको पीसीआर परीक्षण भएकामा एक हजार तीन सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६६ हजार छ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

मंगलबार काठमाडौँ उपत्यकामा थप छ सय ४७ जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा पाँच सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार मंगलबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार एक सय ४२ रहेको छ ।

संस्थागत आइसोलेसनमा नौ हजार एक सय ९३ र होम आइसोलेसनमा आठ हजार नौ सय ४९ जना छन् । गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको कुल सङख्या चार सय २९ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया