Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘चाडपर्वमा नयाँ नोट वितरण गर्ने विषयमा कुुनै निर्णय भएको छैन’

‘चाडपर्वमा नयाँ नोट वितरण गर्ने विषयमा कुुनै निर्णय भएको छैन’


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विगतमा प्रत्येक वर्ष दशैँ र तिहारमा नयाँ छपाइ गरेर सर्वसाधारणको लागि नयाँ नोट सटहीको सुविधा दिन्थ्यो । आमनागरिकहरुमा पनि दशैँमा नयाँ नोटले दुर्गा भवानीको पूजा गर्ने र टीका ग्रहण गर्नेहरुलाई नयाँ नोट नै दक्षिणा दिँदा धनधान्य र सुखसमृद्धि मिल्छ भन्ने सोच रहेको थियो । तर यो वर्ष भने आम नागरिकले दशैँ तिहारमा नयाँ नोटभन्दा पनि सफा र केरमेट नभएका नोटहरुले नै काम चलाउनुपर्ने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी र त्यसलाई नियन्त्रण गर्नको लागि सरकारले चैत ११ गतेदेखि एक सय २० दिनसम्म पूर्णरुपमा लकडाउन ग-यो । त्यसपछिको केही समय लकडाउन खुल्ला गरेको भए पनि संक्रमण बढेको भन्दै पुुनः स्थानीय तहहरुले आफ्नो अधिकार क्षेत्रभित्र निषेधाज्ञा जारी गरे । सातवटै प्रदेशका ७७ वटा जिल्लामध्ये झण्डै ४७ वटा जिल्लाहरुमा निषेधाज्ञा लागू गरियो । त्यो निषेधाज्ञा अहिले खुकुलो भए पनि विगतजस्तो हर्षोल्लासको साथ चाडपर्व मनाउने अवस्था छैन । संक्रमणको दर अझै बढी छ । त्यहीकारण पनि हुनसक्छ, नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ विगतमा जस्तो लगाएको नयाँ नोट वितरण नगर्ने भएको छ ।

‘नयाँ नोटको विषयमा अहिलेसम्म त्यस्तो कुनै निर्णय भएको छैन, विगतमा जस्तो लाइन लगाएर नयाँ नोट वितरण गरिँदैन होला’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टले भने, ‘अहिले विगतका वर्षहरुको जस्तो अवस्था छैन, समय परिस्थिति नै फरक छ, सिंगो विश्व, सिंगो देश र सिंगो नागरिक नै महामारीको त्रासको अवस्थामा रहेका छन्, यो अवस्थामा चाडपर्वकै लागि भनेर नयाँ नोट बाँड्नु नबाँड्नुले खासै अर्थ राख्दैन ।’

नयाँ नोट छपाइ राष्ट्र बैंकको नियमित प्रक्रिया हो । ‘राष्ट्र बैंकले आवश्यकताअनुसार नयाँ नोट छापेर बजारमा पठाउँछ तर अहिले चाडपर्वलाई नै लक्षित गरेर नयाँ नोट छाप्ने र बजारमा पठाउने कुुनै योजना छैन’, उनले भने । विगतका वर्षहरुमा भने राष्ट्र बैंकले चाडपर्वलाई नै लक्षित गरेर बजारमा नयाँ नोट पठाउने र सोही क्रममा च्यातिएका, झुत्रा र केरमेट नभएका नोटहरु चलनचल्तीबाट हटाउनको लागि बजारबाट खिच्ने गरेको थियो ।

गत वर्षको दशैँ तिहारमा पनि राष्ट्र बैंकले आम सर्वसाधारणहरुलाई नयाँ दरका एक सय, ५०, २०, १० र पाँच दरका १९ हजार पाँच सयका दरमा प्रतिव्यक्ति नयाँ नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको थियो । नोट सटहीरुलाई सहज र प्रभावकारी बनाउन राष्ट्र बैंकले ७७ वटै जिल्लामा रहेका सरकारी बैंकहरु, वाणिज्य बैंकहरु एवं राष्ट्र बैंकको नोट कोष सञ्चालन गरेका क्षेत्रीय कार्यालयहरुबाट आम सर्वसाधारणहरुलाई नोट सटहीको सुविधा उपलब्ध गराएको थियो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कार्की पक्राउ
(पर्वत), बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले बैंकिङ कसुरका फरार अभियुक्त कृष्ण बहादुर कार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जलजला गाउँपालिका २ बस्ने ३० वर्षीय कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवलको २०७६ वैशाख ८ गतेको फैसलाले उक्त मुद्दामा नौ लाख ९० हजार रुपैयाँ जरिवाना र छ महिना कैद ठहर भई फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई जिल्ला अदालत पर्वतमार्फत जिल्ला कारागार पर्वत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया