Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनौ ठाउँमा निगमको आन्तरिक उडान

नौ ठाउँमा निगमको आन्तरिक उडान


काठमाडौं ।
नेपाल वायुसेवा निगमले नौ ठाउँमा आन्तरिक उडान सुचारु गरेको छ । निगमले भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु उडान शुचारु गरेको हो । त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज–जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको छ ।

यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको तीन दिन, कतै हप्ताको २ दिन र कतै दुई दिन उडान तालिका निर्धारण गरिएको निगमले जनाएको छ । उडानका लागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको छ ।

निगमले काठमाडौं–रुकुम–काठमाडौं, रुकुम–नेपालगञ्ज–रुकुम आइतबार र बिहीबार, नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार उडान गरिरहेको छ । यसैगरी काठमाडौं–दाङ्ग–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौ आईतबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडौ बुधबार, नेपालगञ्ज–बाजुरा–नेपालगञ्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडाँ–काठमाडौं शनिबार र बुधबार उडान भर्ने गरेको निगमले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया