Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोटरी इन्टरनेशनलद्वारा आर्थिक दैनिकका सम्पादक रिजाललाई पुरस्कृत गर्ने घोषणा

रोटरी इन्टरनेशनलद्वारा आर्थिक दैनिकका सम्पादक रिजाललाई पुरस्कृत गर्ने घोषणा


काठमाडौं ।

रोटरी इन्टरनेशनलले आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजालसहित दुई जना पत्रकारहरुलाई पुुरस्कृत गर्ने भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको बाशुु रोटरी भोकेसनल अवार्ड अन गुड गभर्नेन्स रोटरी वर्ष २०१९–२० का लागि खोजी पत्रकारितामा संलग्न रिजालसहित हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु सिवाकोटीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० लाख रुपैयाँको उक्त पुरस्कार रोटरी वर्ष २०१९÷०२० का लागि छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु सिवाकोटीलाई दिने निर्णय भएको रोटरीले विज्ञप्तिमार्फत भनेको छ । प्रत्येक दुई÷दुई वर्षमा प्रदान गरिने उक्त एवार्ड यस पटक पुरस्कृत व्यक्ति र संस्थालाई जनही पाँच÷पाँच लाखका दरले वितरण गरिने जानकारी पनि रोटरीले दिएको छ ।

उक्त पुरस्कार इन्जिनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेको हो । ई. जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्वअध्यक्ष हुन् ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गर्दै आएको ‘रोटरी जर्नाे एवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशका एक÷एक जना गरी सात जना उत्कृष्ट पत्रकारहरु र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच जना पत्रकारहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त पुरस्कारको राशि जनही २५ हजार रहेको रोटरीले जानकारी दिएको छ । रोटरी वर्ष २०१९–२० मा यस अवार्ड आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौं, वातावरण पत्रकारिता क्षेत्रवाट टीकाबन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौ, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोबार डटकम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौं र महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौं रोटरीले जानकारी दिएको छ ।

यसैगरी प्रदेशअन्तर्गत विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जन भण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौं, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगबोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (केरनी न्युुज डट कम) कैलालीलाई वितरण गरिने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया