Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली नोटको कारोबारमा संलग्न दुुई व्यक्ति पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न दुुई व्यक्ति पक्राउ


बारा ।
प्रहरीले नक्कली नोटसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालका अनुसार प्रहरीले सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहरबाट एक हजार दरको नक्कली नोट एक हजार दुई सय १६ थानसहित बुधबार दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन् । उक्त स्थानमा चोरीका मोबाइलहरू खरिदबिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको पनि समाचार कक्षले जनाएको छ । मोबाइल लिई फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया