Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्व व्यापार संगठनको सुधारमा नेपालको जोड

विश्व व्यापार संगठनको सुधारमा नेपालको जोड


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व व्यापार संगठनलाई तत्कालै सुधार गरेर स्तरवृद्धि र विश्वासको वातावरण पुनः निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ : प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा अमेरिकाको न्युयोर्कमा जारी राष्ट्रसङ्घको ७५औँ महासभामा काठमाडौँबाट अप्रत्यक्षरुपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्व व्यापार संगठनलाई नवीकरण गरी वैश्विक व्यापार प्रणाली सुरु गर्नेतर्फ अग्रसर गराई अल्पविकसित र कम विकसित देशले समेत समान रुपमा फाइदा लिन सकून् भन्नेमा केन्द्रित गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले सन् २०१९ मा मात्रै झण्डै १.९ ट्रिलियन डलर रक्षामा खर्च भएको तथ्य पेश गर्दै त्यसका कारण सयकडौँ नागरिक गरिबी, भोक र मानवीय नोक्सानीमा परेको बताए । शक्तिको दौड, हतियारको होडबाजी र साइबर युद्धजस्ता पीडाका कारण ठूलो मात्रामा मानवीयताको नोक्सानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यतिबेलाको प्रमुख आवश्यकता भनेको आणविक हतियार नभई सहज रुपमा कोभिड –१९ विरुद्धको खोप पाउनु नै भएको बताए ।

व्यापारको अभिवृद्धिका लागि सहायता प्रतिस्पर्धी र लचिलोसमेत हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । नेपाल मानवअधिकारप्रति पूर्ण रुपमा प्रतिबद्ध र अटल छ भन्दै प्रधानमन्त्रीले नेपालको लोकतान्त्रिक संविधानले विश्वव्यापी रुपमा मान्यता प्राप्त मानव अधिकार, मौलिक स्वतन्त्रता र बहुदलीय लोकतान्त्रिक राजनीति, बहुलवाद, स्वतन्त्र न्यायपालिका, शक्तिको पृथकीकरण, कानुनको शासन, समानुपातिक प्रतिनिधित्व, आवधिक निर्वाचन र समाजिक र आर्थिक न्यायजस्ता विषयलाई प्रत्याभूत गरेको स्पष्ट पारे ।

नेपालले मानवअधिकारको गम्भीर उल्लङ्घन तथा दण्डहीनतालाई कहिल्यै समर्थन नगरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संक्रमणकालीन न्याय प्रक्रियालाई समेत तार्किक निष्कर्षमा पु¥याउन पूर्ण रुपमा प्रतिबद्ध रहेको र पीडितको सरोकारलाई यथाशक्य सम्बोधन गर्ने प्रयासमा रहेको बताए ।

यसै वर्ष चौथो महिला विश्व सम्मेलन सम्पन्न भएको २५औं वर्ष पुगेका अवसरमा महिला अधिकार सशक्तीकरणको सुनिश्चितताका लागि महत्वपूर्ण प्रगति भएको जनाउँदै प्रधानमन्त्रीले निरुपण गर्न बाँकी विषय र चुनौतीलाई समेत सम्बोधन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया