राष्ट्र बैंकद्वारा आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्रमा दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले शुक्रबार यस आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै आगामी असार मसान्तसम्ममा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपरकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने घोषणा गरेको हो ।
उक्त निष्काशन तालिकाअनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । यसको लागि राष्ट्र बैंकले सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको बिकास ऋणपत्र बिक्री गर्नेछ । चालू आवको दोस्रो चौमासिकमा भने ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । यसको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।
यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षभित्र उठाइने कुुल आन्तरिक ऋणमध्ये आगामी कात्तिक मसान्तभित्रमा राष्ट्र बैंकले सात अर्ब रुपैयाँको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्नेछ ।
यसको लागि तीन सय ६४ दिने अवधिको तीन अर्ब र चार अर्बको दुुईवटा ट्रेजरी बिल जारी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यसबाहेक नौ वर्षे अवधिको २० अर्ब, सात वर्षे अवधिको १० अर्ब र १० वर्षे अवधिको २० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालू आवमा उठाइने कुुल आन्तरिक ऋणमध्ये कुुल ७० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल, एक खर्ब ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, चार अर्ब रुपैयाँको पाँच वर्षे अवधिको नागरिक बचतपत्र र एक अर्ब रुपैयाँको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र रहेको छ ।
२० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री : असोज ९ गते शुुक्रबार मात्र चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गरेको राष्ट्र बैंकले असोज ११ गते अर्थात् आइतबार २० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको छ । सो दिन अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा विकास ऋणपत्र जारी गरेको राष्ट्र बैंकले जनाएको छ । ‘जारी मिति असोज १२ गते तोकेर नौ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बिक्री गरिएको हो’, राष्ट्र बैंकले भनेको छ ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिदको लागि आवेदन दिएका थिए । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुुने अवधि वि.सं. २०८६ असोज १२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब र १५ प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।
खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर ऋणपत्र खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया