Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुरका बजारमा अनुगमन जारी, म्याद गुज्रेका सामान बेच्नेलाई मुद्दा लगाइने

जनकपुरका बजारमा अनुगमन जारी, म्याद गुज्रेका सामान बेच्नेलाई मुद्दा लगाइने


बटुकनाथ झा
जनकपुरधाम ।
जनकपुरधाम नगरक्षेत्रमा नियमितरुपमा भइरहेको बजार अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रेका सामान बेच्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले सोमबार जनकपुरधाम क्षेत्रमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु बेच्ने गरेको पाइएको हो ।

पसलहरुमा प्याकिङ गरिएका सामानहरुमा लेवल प्रस्ट नभएको, केही सामानहरुको उत्पादन गरेको कम्पनीको ठेगाना स्पष्ट नरहेको लगायतका सामानहरु फेला परेकाले कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विजय खनालले जानकारी दिए ।

अनुगमनका क्रममा जनकपुरधाम ४ मा रहेको चौधरी जेनरल सप्लायर्स तथा दिपक किराना पसलमा लेवल नभएका खाद्य पदार्थ बिक्री गर्न राखेको पाइएको हो । उक्त कम्पनीलाई खाद्य ऐनअनुसार कारबाही गरी प्रक्रियाअगाडि बढाइने तथा म्याद गुज्रेका र लेवल नभएका सामान बिक्री नगर्न निर्देशन दिएको प्रमुख विजय खनालले बताए । उनले अनुगमनका क्रममा खाद्य पदार्थ दूषित पाएमा वा सो सामानको उत्पादन मिति, अनुज्ञापत्र उल्लेख नभएको पाएकाहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाममा खाद्य पदार्थको जाँच गर्न समेत व्यवस्था भएकाले बजारमा गुणस्तरहीन सामानहरु बेच्ने पसलेलाई कारबाही गर्नुका साथै उनीहरुलाई गुणस्तरयुक्त खाद्य पदार्थ बेच्नको लागि प्रेरित गर्न समेत नियमितरुपमा अनुगमन गरिँदै आएको उनको भनाइ छ ।

आइतबार जनकपुरधाम क्षेत्रका पानी उद्योगहरुमा गरिएको अनुगमनमा पनि धेरै उद्योगको पानीमा उत्पादन मिति, लेवल, पानी उद्योग पानी निर्देशिकाविपरीत सञ्चालित भएको पाइएको थियो । तीमध्ये केही पानी उद्योगको पानीबिना लेबल र प्याकिङ मितिबिनाको बजारमा पाइएकाले सो पानी उद्योगलाई समेत कारबाही गरिने उनले बताए ।

अनुगमनमा कार्यालयका खाद्य निरीक्षक प्रविण तिवारी, खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झा, जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया