Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–भारत सीमा खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाल–भारत सीमा खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र


बटुकनाथ झा
जनकपुरधाम ।
करिब छ महिनादेखि कोरोना महामारीको कारणले बन्द रहेको नेपाल–भारत सिमाना खोल्न जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । कोरोनाका कारण नेपाल–भारतको सीमा बन्द भएपछि दुवै देशका जनतालाई निकै कठिनाइ भइरहेको अवस्थामा सीमा नाका खोल्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न संघसंस्थाहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल–भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष राजीव झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा आपत्विपत्को बेला नेपाल–भारतको सीमा बन्द हुँदा भारतबाट आँखाको उपचार गराउन नेपाल आउने र नेपालबाट अन्य रोगको उपचार गराउन भारत जाने बिरामीहरू विचल्लीमा परी कयौँ व्यक्तिले ज्यान समेत गुमाइसकेको बताइएको छ ।

ज्ञापन पत्रमा भारतमा रोजगारी गरिरहेका लाखौँ नेपाली कोरोनाको डरले नेपाल आए पनि अब बन्द सीमानाको कारण भारत जान नपाएर दुई छाक खाना जुटाउन साहुकारको ऋणको बोझले झन् बढी मर्कामा परेको प्रति दुःख व्यक्त गरिएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूह, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश २, माँ जानकी यातायात प्रालि, जनकपुरधाम, लोकतान्त्रिक युवा नागरिक समाज, फलफूल व्यवसायी संघ, जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्स, जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जिरोमाइल युवा कमिटी, क्लोथ बैंक नेपाललगायतका संघसंस्थाहरूले संयुक्तरूपमा ज्ञापन पत्र बुझाएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया